सिरुवा पर्व आजवाट शुरु , विभिन्न ठाउमा सिरुवा मेला लाग्दै

कुमोद अधिकारी
१ वैसाख,
नयावर्षको आगमनसंगै पुर्वी तराइका जिल्लाहरुमा वसोवासगर्दै आएका राजवंशी, ताजपुरिया र गनगाई समुदायले मनाउने सिरुवा पर्व आजवाट शुरु भएको छ ।
सिरुवापर्व झापा र मोरङका तराई क्षेत्रमा बसोबास गर्दै आएका राजवंसी समुदायको सवैभन्दा ठुलोपर्व हो । यो पर्व अन्य समुदायले मनाउदै आएपनि राजवंशी समुदायले भने यो पर्व धार्मिक विदि अनुसार निष्ठा पुर्वक मनाउने गर्दछन ।
नयाँ वर्षको वैशाख १ गते मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्सी महाराजथानमा पूजा गरेपछि शुरुहुने यो पर्व दुइहप्ता सम्म मनाउने गरिन्छ ।
भूमि पूजामा विश्वास गर्ने यो जाति वर्षभरि अन्न राम्रो फलोस्, बाढी, रोग, पशुचौपायाले दुःख नदेओस् भन्ने कामना गर्दै सुनबर्सी महाराजको पूजा गर्ने गर्छन् । सुनवसीृ महाराजको नामवाट स्थापना गरिएको सो थानमा वैसाख एकगते भव्य मेला लाग्ने गर्दछ ।
धान, तोरी, तेहलन, दलहन र गहुँ बाली भित्राएपछि कामवाट फुर्सत पाएका सो समुदायले विभिन्न भेटघाट, भोज खाने, खुवाउने गरेर यो मनाउने गर्छन् । राजवंशी भाषामा सुनबर्सी भनेको सुनको वर्षा भन्ने बुझिन्छ । पछि पहाडे समुदायको बसोबास बढ्दै गएपछि यो थानको नाम नै अपभ्रंश भएर सुनबर्सीथान भएको स्थानीय राजवंशी समुदायका अगुवा बताउँछन् ।
सुनबर्सी महाराज देवस्थल संरक्षण समितिका सचिव शिवदियाल राजवंशीका अनुसार महाराजथानको बिचमा महाभारतकालमा पाण्डवले खनेको विश्वास गरिएको ठुलो पोखरी छ । त्यो पोखरी वरिपरि मानवबस्ती र खेतीपाती छ तर सदिऔँ भयो, त्यो पोखरी आजको मितिसम्म सुकेको छैन । दुई बिघा क्षेत्रमा फैलिएको पोखरीको पश्चिमउत्तरमा मन्दिर छ । आदिकालमा सुनबर्सी महाराजले विपन्न, दुःखी र भोकानाङ्गालाई सहयोग गर्नुहुन्थ्यो । राजवंशीले आफ्ना बाजेहरूले सुनाएको किंवदन्ती उल्लेख गर्दै भन्नुभयो, “गरिबले बिहेमा लगाउने गहना नहुँदा महाराजसँग पुकार गर्थे । आँखा चिम्लेर ध्यान गर्दै बसेका भक्तलाई महाराज खुसी भएपछि सुनका गहना बर्साइदिनुहुन्थ्यो ।
यसैगरि सिरुवापर्वको अवसरमा विभिन्न ठाउमा मेला लाग्ने गर्दछ । राजवंसी समुदायको वसोवास गर्दै आएको कुल देवताको थानमा पुजा आजा गरेपछि मेला शुरु हुन्छ ।
सुनवर्सी नगरपालिकाको अमरदहमा लाग्ने काटा मेला,भेडुवा मेला, रंगेली नगरपालिकाको दर्वेमा लाग्ने दर्वेसा मेला, धनपालथान गाउपाकिलामा लाग्ने दादरवैरिया मेला यो क्षेत्रकै सवैभन्दा ठुलो र ऐतिहासिक मेलाहरु ह्ुन नया वर्षमा गाउगाउमा लाग्ने यस्ता मेलाहरुमा सवै समुदायका मानिसहरुको सहभागिता हुने गर्दछ । यो पर्वलाई मध्यनजरगर्दै राजवंसी समुदायमा नया लुगा लगाउने तथा आफन्त तथा पाहुनाहरुलाई घरमा वोलाएर मिठो खानेकुरा खाने र सवै परिवार मेलामा सहभागी हुने गर्दछन । सिरुवापर्वको अवसरमा कोशी प्रदेस सरकारले वैसाख–२ गतै सार्वजनिक विदा समेत दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *