पशुपालन व्यवसायीको समस्या समाधानगर्न किसानहरुको माग

कुमोद अधिकारी विराटनगर
२० पुष,
पशुपालनमा व्यवसायमा देखिएको विद्यमान समस्या समाधान र त्यसको सुधारका लागि आवश्यक कार्य अघि वढाउन पशुपालक किसानहरुले सरकारसंग माग गरेका छन ।
पशुपालन व्यवसायमा आवद्ध किसानहरुले जय किसान जय नेपाल नामक संस्था गठनगर्दै समस्या संवोधनगर्न सरकारसंग माग गरेका हुन । संस्थाले विराटनगरमा आज पत्रकार सम्मेलनगर्दै पशुपालन व्यवसायहरुको माग संवोधनका लागि ११ वुदे. माग सार्वजनिक गरेका छन ।
जस अनुसार, मुलुकको आर्थिक अवस्थाका कारण वैंकवाट ऋण लिएर लगानी भएका कृषि तथा पशुपालन फर्महरु पुर्ण रुपमा वन्द तथा लिलाम हुने अवस्थामा पुगेकाले त्यसलाई वचाउन पुर्नकर्जाको व्यवस्था गर्न तथा पशुहरुको गुणस्तरिय आहारा साथै पशुपालनका लागि चाहिने आवश्यकजमिन खरिदका लागी लगानीको व्यवस्था मिलाउन माग गरेका छन ।
त्यसैगरि वजारमा चलिरहेको अनियमित र दुधको मुल्यलाई नियमन गरी दानाका मुल्य अनुसार दुधको मुल्यमा समन्वय गर्न तथा गाईको मुल्य अनुसार विमाको व्यवस्था र कृषिमा पुर्ण अनुदान, वृद्ध तथा अशक्ति पशुहरुको लागि सरकारी स्तरवाट गौशालाको निमार्ण, गाउगाउमा सामुदायिक भेटेरनरीको संचालन, पशुपालनमा आवश्यकपर्ने भेटेरीनरीजन्य मलखाद, विषादी, भिटामिन युक्त घास तथा औषधीहरुको सहज रुपमा उपलव्धतामा किसानहरुलेजोड दिएका छन ।


किसानहरुले उत्तपादनको वजारीकरण तथा व्यवसायिक उपकरणको उपलव्धतामा , कृषिफर्महरुको संरक्षणका लागी फर्महरुलाई पानी तथा विजुली वत्तीको निशुल्क सुविधा, कृषिफर्म तथा पशुपालन फर्मलाई राज्यवाट लिइने राजश्वमा शतप्रतिशत छुटको व्यवस्था गर्न समेत पशुपालन व्यवसायीहरुले माग गरेका छन ।
पत्रकार सम्मेलनमा वोल्नुहुदै संस्थाका अध्यक्ष डम्वरवहादुर कार्कीले,अहिले पशुपालन व्यवसाय फस्टाउदै गएपनि सरकारी निकायहरुवाट कुनै प्रकारको सहयोग नपाउदा पशुपालन संग जोडिएको धेरै कृषिफर्महरु धारासयी भएको वताउनुभयो । गरिवि निवारणको लागी यो व्यवसाय महत्पुर्ण रहेकाले यस्को संरक्षणमा राज्यको ध्यान जानु आवश्यक रहेको उहाको भनाई थिया ।
अर्का व्यवसायी मजरुह हुसेनले गाई पालन व्यवसायसंगै आफुहरुले भैसी पालनका लागि ठुलो लगानी गर्न लागेको जानकारी गराउनुभयो यसै विषयलाई लिएर सो संस्थाले कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र समेत वुझाएका छन ।
मोरङ जिल्लामा पशुपालनमा आवद्ध २ सय ७३ भन्दा वढि फर्महरु संचालनमा रहेको सो फर्महरुमा करोडौका लगानी रहेको संस्थाका अध्यक्ष कार्कीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *