मैथिली एसोसिएशनले प्रदानगर्ने मान इन्टरनेशनल अवार्डको तयारी पुरा,

कुमोद अधिकारी
१२ मङ्सिर,
मैथिली एसोसिएशन नेपालले प्रदान गर्न लागेको मान इन्टरनेशनल अवार्डको तयारी पुरा भएको छ ।
मैथिली एसोसिएसन नेपाल केन्द्रिय कार्यसमिति विराटनगरका अध्यक्ष एवं मैथिली अभियान्ता प्रविण नारायण चौधरी, उपाध्यक्ष आभा अनुपमा महासचिव, राकेशकुमार देव र कार्यक्रम संयोजक एवं राष्ट्रिय गायक विरेन्द्र झाले, बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यही मंसिर १५ गते शनिबार प्रदान गर्न लागिएको मान इन्टरनेशनल अवार्डको तयारी परा भएको जानकारी गराउनु भयो ।
एसोसिएशनका अध्यक्ष एवं मैथिली अभियान्ता प्रविण चौधरीले नेपाल र भारतका गरी ६० जनालाई मान इन्टरनेशनल अवार्ड प्रदान गर्न लागिएको बताउनुभयो ।
अवार्ड वितरण कार्यक्रममा ४५ जना सेलिब्रेटीलाई गेष्ट अफ अनरबाट सम्मानित गर्ने तयारी गरिएको छ ।
मैथिली एसोसिएशनले रोडशेष चौक स्थित होटल स्वागतममा भव्य समारोहको आयोजना गरेर मान इन्टरनेशनल अवार्ड वितरण गर्न लागिएको अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *