लैंगिक हिंसाविरुद्धको अभियानमा महानगरपालिकाले वृहत ¥याली आयोजना गर्ने,

कुमोद अधिकारी
मङ्सिर, ८
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
महानगरले सोमबार बिहान ७ बजे विभिन्न संघसंस्थाको समेत सहभागितामा वृहत ¥याली आयोजना गर्ने भएको छ । महानगर परिसरबाट सुरु हुने ¥यालीले नगरका विभिन्न भागको परिक्रमापछि महेन्द्रचोकमा पुगेर समापन हुनेछ ।
महेन्द्रचोकमा कोणसभासमेत आयोजना गरिने महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले जानकारी दिनुभयो ।
¥याली मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, कार्यपालिका सदस्यहरु, विभिन्न महाशाखा र शाखा प्रमुखहरु, कर्मचारी, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहनेछ ।
यसैबीच, १६ दिने अभियानअन्तर्गत मंसिर २५ गतेसम्म विभिन्न कार्यक्रम हुनेछ ।
मंसिर ९ देखि २५ गतेसम्म एफएमहरुमा लैंगिक हिंसाविरुद्धको जिंगल बजाइने, विराटनगर नर्सिङ कलेजको संयोजनमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा र बालबालिका हिंसासम्बन्धी विराटनगरका मावि तहका विद्यालयहरुमा ६५० विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
विद्यालयका बालबालिकाहरुलाई वक्तृत्वकला गर्ने, विद्यालयमा लैंगिक हिंसासम्बन्धी अभिमुखीकरण गर्ने, लैंगिक हिंसाविरुद्ध समुदायमा अन्तरक्रिया बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्ने पनि तय भएको छ ।
त्यस्तै विभिन्न संघसंस्थाको संयोजनमा सचेतना कार्यक्रम, घरदैलो, लैंगिक हिंसासम्बन्धी समुदायमा अभिमुखीकरण कार्यक्रम, अन्तरक्रिया, आमा समूहसँग अन्तरक्रिया, घरेलु हिंसासम्बन्धी ऐनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल, समुदायमा गठन भएका दलित महिला समूहमा जोडीसहितको उपस्थितिमा अन्तरक्रिया आयोजना हुने भएको छ ।
विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा आर्थिक वर्ष २०८१—८२ को नीति तथा कार्यक्रम र बजेटमा दलित महिला विषयमा संवाद कार्यक्रम, जनपथ माविमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा प्रभावित महिलाहरुलाई मनोपरामर्श सेवालगायतका कार्यक्रम गरिनेछ ।
१६ दिने अभियानमा विराटनगर महानगरपालिका, माइती नेपाल, आफन्त नेपाल, साना हात, सामुदायिक प्रहरी, डब्लूएचआरडी, डब्लूओआरईसी, साझा सवालका लागि साझा मञ्च, पूर्वाञ्चल बाल सेवा आश्रम, फोकस नेपाल, ओसीएमसी, कोशी अस्पताल, एवीसी नेपाल, एकल महिला, दलित महिला संघलगायतका संघसंस्थाले हरेक दिन संयोजन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *