सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

कुमोद अधिकारी
२० कात्तिक । पूर्वमन्त्री स्व राधाप्रसाद घिमिरेको विराटनगरमा–२ रहेको सन् १८८३ निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुर काठमाण्डौलाई आज हस्तान्तरण गरिएको छ।
विभागका प्रमुख कुन्दन आर्यालयलाई स्व घिमिरेकी कान्छी वुहारी दुर्गा घिमिरेले एक समारोह वीच आज उक्त यन्त्र हस्तान्तारण गर्नु भयो ।
स्व. घिमिरेले विस २०१५ सालको आम निर्वाचनका लागि पर्चा , पोष्टर छाप्नका लागि भारतको कोलकोत्तावाट खरीद गरी विराटनगरको रंगेली रोडमा पायोनियर प्रिटिङ्ग प्रेस विस २०१४ स्थापना गर्नु भएको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताउनु भयो ।
सो अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले प्राप्त यस यन्त्रले विद्यार्थीहरुलाई पत्रकारिताको इतिहास सम्बन्धी अध्ययनमा सहयोग पुग्ने बताउनु भयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले यस क्षत्रको पत्रकारिताको इतिहासमा यस यन्त्रले विद्यार्थीहरुलाई जानकारी गराउने हुनाले यो महत्पूर्ण रहेको विचार राख्नु भयो ।
मावअधिकारीकर्मी सुशिल प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणी दीक्षित,प्राध्यापक कृष्ण पोखरेल,महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामओवतार शरण, दिनेश श्रेष्ठ लगायतले यस मुद्रण यन्त्रबाट छापिएका विस निर्वाचनको समयको पर्चा ,पम्पलेट संकलनबाट विद्यार्थीहरुलाई पत्रकारिताको इतिहास अध्ययनमा सहयोग पुग्ने विश्वास जनाउनु भयो ,
राष्ट्रिय समाचार समितिका सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिक प्रधान सम्पादक सङ्कर खरेलको विशेष पहलमा उक्त मुद्रण यन्त्र विश्वविद्यालयले प्राप्त गरेको आम सञ्चार विभागका प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *