कुमोद अधिकारी विराटनगर
२१ भदौ,
मोरङको धनपालथान गाउपलिकाको स्वास्थ्य सम्वन्धि पालिका स्तरिय वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
मिक्लाजुङ गाउपालिकाको रमिते स्थित वर्डा न १ को वर्डा कार्यालयको सभाहलमा आयोजना गरिएको सो गोष्ठीमा आर्थिकवर्ष २०८०–०८१ मा धनपालथान गाउपालिकामा संचालित स्वास्थ्य कार्यक्रमको प्रगति समिक्षा एंव योजना तर्जुमाका विषयमा छलफल गरिएको थियो ।
भदौ– १९ र २० गते दुई दिन आयोजना गरिएको सो गोष्ठीमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, सातवटै वर्डाका वर्डा अध्यक्ष, स्वास्थ्य साखा प्रमुख तथा एचएमआईएस फोकल पर्सनको सहभागिता रहेको थियो ।
कार्यक्रममा सो पालिका अन्तर्गत सातवटै वर्डाका स्वास्थ्य संस्थाहरुको गत तिन आर्थिकवर्षको प्रगति समिक्षा तथा कार्य सम्पादनको आधारमा उत्कृष्ट तिनवटा स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो ।
गोष्ठीको उद्घाटन गर्नुहुदै सो पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले,आफनो पालिकाको स्वास्थ्य सुचांक सन्तोष जनक रहेको भन्नुहुदै आगामी दिनमा पालिकाको स्वास्थ्य सेवालाई थप प्रभावकारी वनाउदै लैजाने उल्लेख गर्नुभयो । उहाले नागरिकको पहिलो सम्पती स्वास्थ्य भएकाले यसलाई पहिलो प्राथमिक्तामा राखेर पालिका अघि वढेको यो कार्यमा स्वास्थ्य साखाको भुमिका महत्वपुर्ण रहेको भन्नुहुदै स्वास्थ्य साखाको प्रसंसा गर्नुभयो ।

पालिकाका उपाध्यक्ष नसिमा वानोले नागरिकको स्वास्थ्य प्रति पालिका गंंभीर रहेको वताउदै आफनो पालिकाले स्वास्थ्य सेवा सहज रुपमा नागरिकको घरघरमा पु¥याउदै आएका वताउनुभयो ।
पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठ नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिक्तामा राखेर पालिकाले सवै प्रकारको सेवा प्रदान गर्दै आइको र धनपालथान गाउपालिकालाई पोषण मैत्री पालिका घोषणा गर्ने तयारी भइरहेको वताउनुभयो ।
मिक्लाजुङ गाउपालिकाका वर्डा न १ का वर्डा अध्यक्ष पर्वत राइले धनपालथान गाउपालिकाले नागरिकहरुलाई पु¥याउदै स्वास्थ्य सेवाको प्रसंसा गर्नुभयो ।
सो अवसरमा अध्यक्ष गच्छदारले सो पालिकाद्धारा प्रकाशित आमातथा वालस्वास्थ्य पुस्तिका, वार्षिक स्वास्थ्य प्रतिवेदन तथा वार्षिक क्यालेन्डर मिक्लाजुङ गाउपालिकाका वर्डा अध्यक्ष र सो पालिकाका स्वास्थ्य साखा प्रमुख चिन्तामणि पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो ।

गोष्ठीले स्थानिय स्वास्थ्य सेवाहरुको सुधार र आगामी योजना हरुको स्पष्ट दिसा प्रदान गरेको छ । यसले आगामि दिनमा पालिकाको स्वास्थ्य सेवामा थप प्रगति हाशिले हुने अपेक्षा गरिएको स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठको भनाई छ ।
पालिका स्तरिय स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समिक्षा गोष्ठी अन्तरपालिकामा गरेर सो पालिकाले नया कामको शुरुआत गरेको भन्दै सो उदारणीय कामको कार्यक्रमा प्रसंसा समेत गरिएको थियो । अन्तरपालिकामा यस्ता कार्यक्रमहरु गर्दा पालिका, पालिका विच एक आपसमा समन्वय हुने र स्वास्थ्य सेवालाई थप प्रभावकारी वनाउन एक आपसमा वृह्द छलफल र सुझाव लिन सकिने भएकाले कार्यक्रम उपयोगी भएको सहभागिहरको भनाई छ ।
यसैगरि समापन कार्यक्रमा सो पालिकाका अध्यक्ष , उपाध्यक्ष, वर्डा अध्यक्ष तथा कार्यपालिका सदस्य हरुले स्वास्थ्य साखाले उल्लेखनिय प्रगति हाशिल गरेकोमा स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुहुदै आगामी दिन अझ मेहनतका साथ कामगर्न आग्रह गर्नुभयो ।
दुई दिन आयोजना गरिएको सो कार्यक्रम स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले संचालन गर्नु भएको थियो ।
