एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सम्पन्न

कुमोद अधिकारी २ भदौ,

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठक विराटनगरमा सम्पन्न भएको छ ।

बैठकले गरेको निर्णयको बारेमा जानकारी दिन नेकपा एमाले कोशी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी पार्टीलाई व्यवस्थित एवं मर्यादित बनाउन १३ बुँदे आचारसंहिता लागु गरिएको जनाएको छ ।

पार्टी शुद्धीकरणका लागि जारी गरिएको आचारसंहिता पार्टीका नेता कार्यकर्ता तथा साधारण सदस्यहरूमा समेत लागु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी निर्वाचनलाई लक्षित गर्दै मिशन–८४ का लागि आफूले कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी पाएकाले निर्वाचनमा पार्टीलाई दुई तिहाइ सहित सबैभन्दा ठुलो दल बनाउने दाबी गर्नुभयो ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका राईले नागरिकहरूको घरघरमा गएर पार्टीप्रतिको अभिमत बुझ्ने र मिशन–८४ सफल बनाउने बताउनुभयो ।

उहाँले दृष्टिकोण र स्पष्ट नीतिका कारण नेपालको राजनीतिमा जहिले पनि एमालेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङ, इलाम र तेह्रथुम जिल्लामा पार्टीको अधिवेशन हुन बाँकी रहेकाले ती जिल्लामा आगामी कार्तिक मसान्त सम्ममा अधिवेशन सम्पन्न गर्ने गरि बैठकमा छलफल भएको बताउनुभयो ।

एमाले कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेमजोमले बैठकले गरेका निर्णयबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *