कुमोद अधिकारी विराटनगर
३२ साउन,
विराटनगर–१७ रानीमा रहेको गौरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औ बार्षिक उत्सव मनाएको छ ।
चार हजार शेयर सद्स्य रहेको उक्त सहकारीले वार्षिक उत्सवमा उत्कृष्ट एकसय बचत कर्तालाइ सम्मान समेत गरेको छ ।
कोशी प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता रूपेश कोईरालाले सहकारीको वार्षिक उत्सवको उद्घाटन गर्नुहुदै सहकारीहरुमा मा समस्या आउनुमा संचालकको नियत हावी हुने हुदा खराब नियत भएका ब्यक्तीको पहिचान गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।
उहाले छेउ छाउका सहकारी बन्द हुँदै गर्दा राम्रो सहकारीलाई समेत असर देखिने गरेको ले शेयर सद्सयले आफ्नो सहकारीको बारेमा जानेर बुझेर मात्र बचत गर्न आग्रह गर्नुभयो ।
गौरव बचत सहकारीले १७ बर्ष देखि निरन्तर संचालनमा रहेर उत्कृष्ट कार्य गर्दै आएको आफुले महसुस गरेको भन्नुहुदै गरिव तथा विपन्न समुदायको उत्थान र उनिहरुको जिविकोपार्जनमा सहज पुग्नेगरि थप सेवाप्रभा गर्न सहकारीलाई उहाले आग्रह गर्नुभयो ।
गोपाल बहुउद्देश्यीय सहकारी अध्यक्ष तथा जिल्ला सहकारी संघ मोरङका सदस्य बिरेन्द्र यादवले सिमाक्षेत्रमा रहेर निरन्तर रुपमा सद्सयहरु लाई उत्कृष्ट सेवा प्रभा गरेकोमा खुशि व्यक्त गर्नुभयो ।
केही सहकारी मा समस्या रहेको भए पनि त्यसको असर राम्रो काम गर्ने सस्थालाइ समेत पर्नेहुदा त्यस्मा शेयर सदस्यले ध्यान दिनुपर्ने उहाको भनाई थियो ।
प्रदेश सहकारी कार्यालयका रजिस्ट्रार हरि बहादुर खत्रीले सिमा क्षेत्रमा रहेर आफ्नो गतिबिधिलाई सफलतापूर्वक १७ वर्ष पुरा गरेको र आगामी दिनमा थप सफल्ता प्राप्त गर्न सहकारीलाई शुभकामना दिनुभयो ।
उहाले कोशी प्रदेशमा १ हजार ७८ सहकारी प्रदेशले हेर्ने जानकारी दिदै सहकारी क्षेत्रमा केही विसङ्गति देखिए पनि सबै त्यस्ता नभएको र संचालकको नियतमा खोट र बचतकर्ता निष्क्रिय हुँदा समस्या देखिएको बताउनुभयो ।
सस्थाका अध्यक्ष दिनेश सिंहले १७ बर्ष देखि संचालनमा रहेको सहकारीले समग्र दक्षिणी भेगमा उत्कृष्ट रह्दै आफ्नो सेवा प्रदान गरिरहेकाले आफनो सहकारीमा निश्चिन्त रहेर बचत गर्न र कारोबार गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा शेयर सदस्य तथा बचतकर्ता लगायतको सहभागिता रहेको थियो ।