गत आर्थिक वर्षमा डभिजन वन कार्यालय मोरङको सेवाप्रभा तथा कार्यप्रगती अव्वल

कुमोद अधिकारी
३१ असार
लक्ष्य केन्द्रित कार्य सम्पादनका कारण डिभिजन वन कार्यालय मोरङले गतवर्ष गरेको कामको प्रगती तथा सेवाप्रभा अव्वल देखिएको छ ।
डिभिजन वन कार्यालय विराटनगरले आयोजना गरेको गत आर्थिकको वार्षिक समिक्षा गोष्ठिमा संघ र प्रदेशको वार्षिक कार्यक्रम अन्तर्गत डिभिजनले आ.व. २०८०÷०८१ को जेठसम्ममा ९३.दशमलव २५ प्रतिशतले कार्य प्रगति हासिल गरेको जनाएको छ ।
प्रदेश तर्फ कार्यालयले ९० दशमलव ८८ प्रतिशत तथा संघीय कार्यक्रममा कार्यालयले ९५दशमलव .६१ प्रतिशत प्रगति हासिल गरेको डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विष्णुलाल घिमिरेले वताउनुभयो ।
वार्षिक प्रगति समीक्षा गोष्ठीमा सो कार्यालयले गत आर्थिकवर्षका लागि वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रदेश हरित अभियान, वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रम, वातावरण संरक्षण कार्यक्रम, जडीबुटी विकास कार्यक्रमका लागि प्राप्त १२ करोड ८७ लाख ३५ हजार रूपैया विनियोजन गरेको थियो । त्यसमध्ये सो कार्यालयले ११ करोड ७० लाख रूपैयाँ खर्च गरेको जनाएको छ ।

वन सुरक्षा सैनिक जडिबुटी विकास कार्यक्रम, वातावरण विभाग र वन तथा भू–संरक्षण विभाग (शसर्त अनुदान) वृक्षारोपण, फलफुल विरुवा वितरण, विरुवा उत्तपादन जस्ता कार्यक्रमका लागि ३ करोड ६३ लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा त्यसमध्ये कुल ३ करोड ४७ लाख रूपैयाँ खर्च भएको गोष्टिमा जानकारी गराइयो ।

कार्यालयले गत आर्थिकवर्ष ३ करोड २८ लाख २५ हजार १२९ रूपैयाँ राजश्व संकलन गरेको डिभिजन वन कार्यालय विराटनगरका अधिकृत रामलख ठाकुरले वताउनुभयो ।
उहाका अनुसार २ करोड ६८ लाख २५ हजार २५३ रूपैयाँ मूल्य अभिवृद्धि कर संकलन गरेको छ । एशियन हाइवेमा परेका रूख कटान हुँदा ३७ हजार १६३ क्युबिक फिट काठ दाउरा उत्पादन भएको सार्वजनिक तथ्याङमा उल्लेख छ ।
मोरङका विभिन्न वनबाट ६ लाख २० हजार ५७४ क्युबिक फिट काठ उत्पादन गरिएकोमा जिल्ला वन आपुर्ति समिति मार्फत ४ लाख १ हजार २४०.३८६ काठ बिक्री गरेको अधिकृत ठाकुरको भनाई छ ।

कार्यक्रममा वोल्नुहुदै पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेसका सचिव विशाल घिमिरेले राष्ट्रिय तथा सामुदायिक र साझेदारी वनको पहुच र काठको समान वितरणका आवश्यक रहेको वताउनुभयो ।
उहाले दक्षिणभेगका जनताहरुमा काठको समान वितरण हुन नसकेकाले त्यसतर्फ साझेदारी वनले ध्यान पु¥याउनुपर्ने वताउनुभयो । माटो खेलाउने नर्सरी नाइकेदेखि कलम चलाउने डीएफओको योगदानका कारण कार्यालयले उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा कार्यालयले दिने सेवालाई थप प्रभावकारी वनाउनुपर्ने उहाले वताउनुभयो ।

साझेदारी वनले दक्षिण भेगमा पनि हरियाली प्रवद्धनगर्दै काठको आपुर्तिमा सहजता प्रदानगर्नु पर्नेमा उहाले जोड दिनुभयो । वनवाट उत्तपादन भएका काठ दाउराको न्यायोचित वितरण गरेर उपभोक्ताले वनको सहि उपयोग गर्न सकेमा मात्र कार्यालय प्रति समुदायको विश्वास वढने उहाको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रदेश वन निर्देशनालय कोशीका प्रदेश वन निर्देशक डा. इन्द्र सापकोटाले ठोस् कार्य सम्पादन गर्दै उपभोक्तालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विष्णुलाल घिमिरेले जिल्लाको उत्तरीतर्फको पहाडीक्षेत्रका समुदायमा वनको पहुच कम भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
मोरङको दक्षिणतर्फको क्षेत्रमा वनको क्षेत्रफल वढेपनि भौगोलिक अवस्थाका कारण पहाडी क्षेत्रमा भने वनको क्षेत्रफल विस्तार नहुदा सो क्षेत्रका जनता काठ दाउरा वाट वन्चित हने गरेकाले सो क्षेत्रमा वन विस्तार आवश्यक रहेको उहाको भनाई थियो ।
उहाले डिभिजन वन कार्यालयलले साझेदारी वनको ढलापडा काठ संकलनलाई सहज वनाउदै वेतना सिमसारको लामो समयदेखिको विवाद समाधान गर्नुका साथै कानेपोखरीको पुरानो ग्रामीण सुधार उपभोक्ताको विवाद निरूपण गरेको वताउनुभयो ।
उहाले सामुदायिक वन तथा साझेदारी वनलाई पर्यटनक्षेत्रका रुपमा विकासगर्नुका साथै वनक्षेत्रका आवश्यक स्थानमा र नदी उकास जग्गामा वृक्षारोपण गर्दै निशुल्क रुपमा विरुवा वितरण तथा साझेदारी तथा सामुदायिक वनको कामको अनुगमन समेत कार्यालयले गर्दै आएको वताउनुभयो ।


सो अवसरमा सामुदायिक वनको उत्कृष्ट व्यवस्थापनमा सक्रिय जाँतेको वसन्त हरियाली, बेलबारी–१ को नक्सल र बेलबारी–८ को सिंहदेवी अनि सुन्दरहरैंचाको सलकपुर वन उपभोक्ता समूहलाई प्रथम, द्वितीय र तृतीय घोषणा गर्दै सामुदायिक वनलाई नगद सहित पुरस्कृत गरेको थियो ।
त्यस्तै निजी वनतर्फ सन्तोष लामा तामाङ्ग, इसरी थारू, सूर्यबहादुर रायमाझी, प्रेमबहादुर रायमाझी र गोपालबहादुर थापालाई प्रथम, द्वितीय र तृतिय घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कर्यक्रममा डिभिजन तथा सव– डिभिजन कार्यालयका १३ जना कर्मचारी, नर्सरी नाइके र वन सामाजिक परिचालकलाई प्रशंसा पत्र तथा केहि कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।


सम्मानित संघ संस्था तथा कर्मचारीहरुलाई कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, कोशी प्रदेस वन निर्देशनालयका निर्देशक डा इन्द्र सापकोटा तथा डिभिजन वन कार्यालय विराटनगरका अधिकृत रामलाख ठाकुरले कदरपत्र द्धारा नगद सहित सम्मान गर्नु भएको थियो ।
गोष्टिमा वन अधिकृत दिपेसकुमार मिश्र, दिवसकुमार चौधरी घनश्याम यादव तथा कार्यालयका रेन्जर वादल लम्सालले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *