विपन्न विद्यार्थीलाई उप–प्रमुखद्वारा साइकल वितरण

भोजराज घिमिरे
२७ असार
मोरङको पथरी शनिश्चरे नगरपालिकाले विपन्न विद्यार्थीलाई साइकल वितरण गरेको छ । सो पालिकाकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र –छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
नगरपालिकाको सभाहलमा कार्यक्रम पश्चात् नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गर्नु भएको हो ।
नगरपालिकाको ६ ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र –छात्राहरुलाई साइकल वितरण गरिएको हो
जसअन्तर्गत पञ्चायत माविका २ जना, जनता माविका २ जना, अमरसिंह माविका २ जना, भागीरथ माविको ३ जना, बुद्ध माविको ५ जना र सिंहवाहिनी माविको २ जनालाई साइकल वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले जानकारी दिनुभयो ।
कुल ३५ ओटा साइकलमध्ये बाँकी साइकल पञ्चायत माविका विद्यार्थीलाई चाँडै हस्तान्तरण गरिने अधिकृत खुलाल बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *