कुमोद अधिकारी
२४ जेठ,
५१ र्औ विश्व वातवरणको दिवस संगै मोरङ जिल्लामा वृक्षारोपण अभियान शुरु भएको छ । हाम्रो भुमि, हाम्रो भविष्य भन्ने मुल नाराका साथ यो अभियान शुरु भएको हो । पर्यटन वन तथा वतावरण मन्त्रालय, डिभिजन वन कार्यालय विराटनगर, सुन्दर सामुदायिक वन उपभोक्ता समुहतथा सकल्प नेपाल नामक संस्थाको आयोजनामा सामुदायिक, साझेदारीवन तथा खालीपर्ती नदी उकास जग्गामा वृक्षारोपण अभियान शुरु भएको हो ।
सो क्रममा सुन्दर हरैचा नगरपालिकाको वार्ड न ६ स्थित सुन्दर सामुदायिक वनमा तिन हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । सामुदायिक वनको क्षेत्रफलमा रहेको मिचाहा प्रवृतिका विरुवा हटाएर फलफुल, काठजन्य लगायत विभिन्न प्रजातीका विरुवा रोपिएको छ । वनक्षेत्रमा रहेका खाली जग्गाहरुलाई हराभरा वनाउन वृक्षारोपण अभियान शुरु गरिएको हो ।
सो क्षेत्रमा कोशी प्रदेसमा पर्यटन वन तथा वातावरण मन्त्री नारायण मगर , राज्यमन्त्री वन्दना झागड, मन्त्रालयका सचिव विशाल घिमिरे, सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाई डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विष्णुलाल घिमिरे तथा सुन्दर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा पद्धाधिकारीले सयुक्त रुपमा वृक्षारोपण गर्दै यो अभियान शुरु भएको हो ।

वृक्षारोपण कार्यक्रममा शुभारम्भ गर्नुहुदै मन्त्री नारायण मगरले वन संरक्षण, सम्वर्धन तथा त्यस्को सदुपयोगमा जोड दिनुहुदै हरियाली प्रवद्धनमा लाग्न आग्रह गर्नभयो । उहाले वन विनासका कारण पानीको मुहान सुक्न थालेकोे र वाढि पहिरोको जोखिम वढेकाले वातावरण जोगाउन वृक्षारोपण आवश्यक रहेको वताउनुभयो ।
यो क्षेत्र हात्ती हिडने मार्ग भएकाले यस्तो मार्गमा फलफुलका विरुवा लगाएर हात्तीलाई गाउ प्रवेशवाट रोक्न सकिने उहाको भनाई थियो ।
राज्यमन्त्री वन्दना झागडले नेपाल जैविकताको धनी देस भएकाले वनसम्पदा जोगाउन जथाभावी दोहन गर्न नहुने वताउनुभयो ।

मन्त्रालयका सचिव विशाल घिमिरेले प्रकृतिकले दिएको साधन श्रोत संगै माटो जोगाउन पनि वृक्षारोपण आवश्यक रहेको वताउदै विरुवा रोपेरमात्र हुदैैन त्यसलाई हुर्काउने र जोगाउन जिम्मा पनि सामुदायिक वन उपभोक्ता तथा स्थायिन वासिन्दाको रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनको असर कृषि , पर्यटन लगयत हरेक क्षेत्रमा परिरहेकाले त्यसतर्फ सवै पंक्ष गभिर हुनुपर्ने उहाको भनाई थियो ।
सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईले वातावरण जोगाउन पालिकाहरुकाले स्थानिय स्तरमा काम गरिरहेको वताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरले जलवायु परिवर्तनको असर र न्युनिकरणका लागि सर्वभन्दा सस्तो र सहज उपाय वृक्षारोपण गर्दै त्यसलाई जोगाउनु रहेको वताउनुभयो ।

डिभिजन वन कार्यालय यो वर्ष १० लाख विरुवा उत्तपादनगर्दै वितरण गर्ने लक्ष्य रहेको र जिल्लाका २२ वटा नर्सरीवाट विभिन्न् प्रजातीका विरुवा निशुल्क वितरणगर्ने योजना अनुसार काम भइरहेको वताउनुभयो ।
यसैगरि दिवसको अवसरमा लेटाङको हजार विघा सामुदायिक वनमा तथा वेलवारीको नक्सल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । जेठ, असार तथा साउन महिनाभर वृह्द वृक्षारोपण अभियान संचालन गर्ने कार्यालय प्रमुख घिमिरेले वताउनुभयो ।
