गरीवसंग विश्वेश्वर कार्यक्रमले महिलालाई स्वरोजगार वनाउन तालिम

कुमोद अधिकारी विराटनगर
२९ जेठ,
विराटनगर महानगरपालिकाले गरीवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत महिलाहरुलाई विभिन्न प्रकारीको तालिम दिन शुरु गरेको छ . महिलालाई उधमी वनाउदै उनिहरुको जिवनयापनमा सहजता ल्याउने उदेश्यले महानगरपालिकाले तालिम दिन शुरु गरेको हो ।
सो क्रममा महानगरपालिकाले विराटनगर वर्डा न ८ मा वाटेको धुपतथा फुलवत्ती वनाउने तालिम शुरु गरेको छ । पाच दिनसम्म चल्ने सो तालिममा विराटनगर–८ र १४ नम्वरवर्डाका ४५ जना महिलाको सहभागिता छ । तालिममा गरीवसंग विश्वेश्वर कार्यक्रम समुहमा आवद्ध महिलाको सहभागिता छ ।
विभिन्न समुदायका महिलालाई स्वरोजगार वनाउन तालिम आयोजना गरिएको गरीवसंग विश्वेश्वर कार्यक्रमकि समाजिक परिचालीका युवा भण्डारीले वताउनुभयो ।


तालिमको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुहुदै तालिममा सिकेको ज्ञान र सिपको सहि रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । तालिमवाट सिकेको सिपको प्रयोगगर्दै साना तिना व्यवसाय संचालनगर्न सके आत्मनिर्भर वन्न सकिने उहाको भनाई थियो ।
विराटनगर महानगरपालिका वर्डा न ८ का वर्डा अध्यक्ष राम पोखरेलले तालिमले महिलाहरुलाई स्वरोजगार वनाउन मद्त पुग्ने भएकाले वर्डाले महिला लंक्षित विभिन्न प्रकारको तालिम आयोजना गर्दै आएको वताउनुभयो ।
वाटेको धुपको प्रयोगगर्र्दा वातावरण प्रदुषण कम हुने भएकाले महानगरले यस्तो प्रकारको तालिम आयोजना गरेको हो । घरेलु उधोग महासंघ महिला समितिकि वरिष्ठ उपाध्यक्ष मालती आचार्यले महिलाहरुलाई तालिम दिदै आउनु भएको समाजिक परिचालिका भण्डारीले वताउनुभयो ।


२०५७ सालदेखि मोरङ जिल्लामा गरीवसंग विश्वेश्वर कार्यक्रम संचालन हुदै आएको छ । यो कार्यक्रमले किसानहरुलार्ई विउ पुजीका लागि वाखा्रका पाठापाठी विभिन्न प्रकारको औषधि छर्कने स्प्रे मेशिन वितरण गर्नुका साथै सिलाई वुनाई तथा अचार तथा हर्पिक र फिनेल वनाउन्े तालिम समेत दिदै आएको छ ।
तालिम संचालनमा आएपछि महिलाहरुको जिवन स्तरमा निकै सुधार आएको र उनिहरुले सिकेको सिपको आधारमा महिलाले विभिन्न व्यवसाय संचालनमा ल्याएको सामिजक परिचालिका भण्डारीले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *