विराटनगरमा श्रीमद् भागवत् पुरण धारावाहिक दिब्य प्रवचन तथा संकृीर्तन कार्यक्रम आयोजना हुदै

कुमोद अधिकारी
२५ जेठ
कृपालु घनश्याम सत्संग समितिको आयोजनामा विराटनगरमा ७ दिने श्रीमद् भागवत् पुरण धारावाहिक दिब्य प्रवचन तथा संकृीर्तन कार्यक्रम हुने भएको छ।
विराटनगरमा रहेका धर्मानुरागी भक्तहरुको समुहले जगतगुरुतम् श्री कृपालु जी महाराजका जेठा छोरा घनश्याम जी महाराज लाइ पहिलो पल्ट विराटनगरमा ल्याएर भब्य पुरण आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
जेष्ठ २७ गते बाट सुरुहुने प्रवचन असार ३ गते सम्म संचालन हुनेछ। विराटनगर ९ मा रहेको सिटि पार्टी प्यालेसमा आयोजना हुने पुरणमा दैनिक २ हजार भन्दा भक्तहरुको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। साथै प्रवचन सुन्न आउने भक्तहरुका लागि प्रसादी समेतको व्यवस्थापन गरिएको आयोजक समितिका संयोजक भिखल चन्द सरलले बताउनुभयो ।
जेष्ठ २७ गते बाट हुने प्रवचन साझ ४ बजे बाट ६ः३० सम्म संचालन हुनेछ। उक्त प्रवचन कार्यक्रममा नेपाल तथा भारत बाट समेत उल्लेखनिय संख्यामा भक्तजनहरु आउने अनुमान गरिएको समितिका संयोजक सरलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *