गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउछः मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
मोरङ,९ चैत कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन गुणस्तर शिक्षा आवश्यक रहेको बताउनु भएको छ।
नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा आज झोराहाटमा आयोजित ‘ झिलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारवाट सञ्चारकर्मी सुशिला पाठकलाई नगद सहित सम्मान गर्दै उहाँले अभिभावकले आफ्नो बावालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले अङ्कको आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चाै गर्दै कक्षा कोठा वाहिर चौर पनि रोजगार र शिक्षाको केन्द्र भएको उद्हारण खेलाडी कुसल भूर्तेल र दिपेन्द्र ऐरिले क्रिकेटको माध्यमबाट कायम गरेको विश्व किर्तिमानबाट देखिएको बताउनु भयो ।
उहाँले कपि र कलम भन्दा वाहिरको गला र मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल गायिका मेनुका पौडेल रहेको गर्दै शिक्षकले कक्षा कोठामा भएका सम्पूर्ण विद्यार्थीहरुको योग्यता , शिपको सम्मानवाट मुलुकमा परिवर्तन आउने धारणा राख्नु भयो ।
एक फरक प्रसङमा मुख्यमन्त्री कार्कीले भन्नु भयो – वर्तमान प्रदेश सरकार सविधान भन्दा वाहिर एक मिनेट पनि सञ्चालन नगर्ने दुढता व्यक्त गर्दै संघमा गठबन्धन फेरिदै यो सरकार नफेरिने दावी गर्नु भयो ।
उहाँले प्रदेश सभा सदस्यहरुले वर्तमान कोशी सरकार संविधानको कुन धाराको आधारमा वहुमत प्राप्त भएको त्यो हेर्न समेत आग्रह गर्नु भयो ।
कोषका अध्यक्ष शंकरप्रसाद लुइँटेल र सरस्वती माविका प्रधानअध्यापक अशोक लुइँटेलले सम्पूर्ण विद्यार्थीहरुलाई समान व्यवहार र सिकाईप्रति विशेष जोड दिने गरेको विचार राख्नु भयो ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहन्दार छात्रछात्रा र उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगद सहित सम्मान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *