प्रेस मञ्च नेपाल मोरङको होली मिलन कार्यक्रम सम्पन्न

कुमोद अधिकारी
विराटनगर, चैत ११
प्रेस मञ्च नेपाल मोरंङ शाखाले होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । दिन रात आफनो कार्यक्षेत्रमा क्रियाशिल भएर लागिरहने पत्रकारहरु विच शुभकामना आदान प्रदानगर्ने उदेश्यले प्रेसमन्चले सो कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले होली पर्व सामाजिक सद्धभाव र भाईचाराको पर्व भएकाले यो पर्व पर्व सभ्य र भव्य रुपमा मनाउन सबैमा आग्रह गर्नुभयो ।
प्रेसमन्चको यो कार्यक्रमले पत्रकारहरु विचको एकतालाई थप वल पुगेको उल्लेख गर्नुहुदै उहाले पत्रकारहरुले मुलुक र समाजको हितका लागि कलम चलाउनुपर्नेमा उहाले जोड दिनुभयो । आउदै गरेको नयासालको अवसरमा आफनो पार्टीले सवै पत्रकारहरुलाई सहभागि वनाएर कार्यक्रमको आयोजनागर्न लागेको उहाले जानकारी दिनुभयो


सोही अवसरमा नेपाल पत्रकार महासंघ मोरंग शाखाका कार्यवाहक अध्यक्ष तारा आर्चाय, प्रेस चौतारी मोरंगका अध्यक्ष सुदीप कोईराला, प्रेस यूनियन मोरंगका अध्यक्ष वेदराज पौडेल, प्रेस सन्टर मोरंगका अध्यक्ष अर्जुन आर्चाय, नेपाल पत्रकार महासंघका सचिव नेत्रपी अधिकारी तथा रेडियो नेपालका मोरङ संवाददाता कुमोद अधिकारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रमका अध्यक्ष एंव प्रेस मञ्च नेपाल मोरंग अध्यक्ष मुकेश कुमार यादवले पत्रकारको हकहितका विषयमा जोड दिनुहुदै प्रेसमन्चले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने वताउनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष मन्तलाल यादव, युवा नेता राकेश रोशन यादव, शुशील यादव लगायत नेताहरुको सभागिता थियो । प्रेसमन्चले विभिन्न चाडपर्वहरुलाई लक्षित गर्दै शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *