कुमोद अधिकारी
८ चैत्र,
थारु कल्याणकारीणि सभा मोरङको स्थगित दशौं जिल्ला अधिवेशनको हिजो भएको निर्वाचनमा सभापतिमा प्रदीपकुमार विश्वासको प्यानल विजय भएको छ । थारु कल्याणकारीणि सभाको निर्वाचनमा १ सय ५४ मत ल्याएर विश्वास विजय हुनु भएको हो .
थारु कल्याणकारीणिसभाको मतदानमा २७२ मतदाता मध्ये ५८ प्रतिशत अर्थात १५७ मत खसेको थियो । सो मतदानमा तिन मत वदर भएको थियो । निर्वाचनमा सभापतिमा बिश्वासको प्यानलमा २१ पदाधिकारी सदस्य सहित ८ जना केन्द्रिय पार्सदमा निर्वाचित भएका छन ।
३ उपाध्यक्ष मध्ये महिला उपाध्यक्षमा जयन्ती खाँ १३७ मतका साथ बिजयी हुनु भएको छभने जागेश्वर बिश्वास १४१ मत र बाबुराम चौधरीले १२० मत सहित निर्वाचित हुनु भएको छ ।
यसैगरी सचिबमा प्रसान्त चौधरी १३९ मतका साथ निर्वाचित हुनु भएको छ । त्यस्तै सह–सचिबमा ललित कुमार चौधरीले १३९ मत सहित अन्य १४ जना सदस्य निर्वाचित भएका छन ।
मोरङको बुढीगंगा २ स्थित थारु संग्राहलय भवनमा हिजो निर्वाचन भएको अन्तिम मत परिणाम राती अवेर आएको थियो । विजय पछि संचारकर्मीसंग कुरागर्दै सभापति विश्वासले संस्थाको हितका लागि प्रतिवद्ध भएर कामगर्ने र सवैलाई मिलाएर अघि वढने वताउनुभयो । अहिलेको निर्वाचन पुर्ण रुपले वैधानिक र आधिकारिक भएकाले निर्वाचनको परिणामलाई सवैले स्वईकार्नुपर्नेमा उहाले जोड दिनुभयो
थारु कल्याणकारीणि सभाको मोरङ अध्यक्ष पद्धका अर्का उमेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पु¥याउने गरी संचालन गरिएको निर्वाचन आफूलाई मान्य नहुनेभन्दै आउनु भएको थियो ।