धनपालथानमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन

कुमोद अधिकारी विराटनगर
माघ १८ विहिवार
मोरङको धनपालथान गाउपालिकाले विभिन्न वर्डाका गाउटोलमा पुगेर निशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन थालेको छ । पालिकाले महिला तथा जेष्ठ नागरिकसंग गाउपालिका अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्र्तगत प्रतेक वर्डामा शिविर संचालन गर्दै विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन थालेको हो ।
जस अनुसार धनपालथान गाउपालिका–४ स्थित हंसवाहिनी आधारभुत विद्यालयमा स्वास्थ्य प्रयोगशालाको सेवा सहित शिविर संचालन गरेको छ । एक दिने शिविरमा ७ सय ९ जनाले सेवा लिएका छन । त्यसमध्ये महिला ४ सय २६ र पुरुष २८३ रहेका छन
शिविरमा २ सय ९१ जनाले आखा परिक्षण गराएकोमा ६५ जनामा मोतियाविन्दु देखिएको र उनिहरुको आखा अपरेशनका लागि गोल्छा आखा अस्पताल र त्यस्तै जनरल सेवामा ३१ ज्नाको अपरेशन गर्नुपर्ने भएकाले उनिहरुलाई पनि नोवेल अस्पताल पठाइने र सो अस्पतालमा उनिहरुले निशुल्क सेवा पाउने सो पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले वताउनुभयो ।
शिविरमा स्त्री तथा प्रसुति रोग ,नाक, कान तथा घाटी, जनरल फिजिसियन तथा मुटुरोग,हाडजोर्नी , नशा रोग, वालरोग, विरामीको शल्यक्रिया साथै आखा रोग समवन्धि विशेषज्ञ सेवा प्रदान गरिएको सो पालिकाका स्वास्था साखा प्रमुख सेठले वताउनुभयो ।
शिविरमा इसिजि तथा भिडियो एक्सरे सहित निशुल्क सेवा प्रदान गरिएको थियो । शिविरमा ८८ जनाले भिडिओ एक्सरे सेवा लिएका थिए ।


शिविर उदुघाटन कार्यक्रममा वोल्नुहुदै सो पालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले पालिकामा रहेका आम नागरिकलाई विशेषज्ञ सहितको स्वास्थ्य सेवा निशुल्क प्रदानगर्न गाउपालिकाले विराटनगरका नोवेल तथा गोल्छा आखा अस्पताल सहित अन्य ठुला अस्पतालसंग सम्झौता गरेको वताउनुभयो । उहाले आफनो पालिकाले विकास निर्माण संगै मानविय विकासलाई समेत जोड दिएको वताउनुभयो ।


सो पालिकाका पुर्व अध्यक्ष हरिलाल सिंहले शिविरको आयोजनाले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुच पुग्ने वताउनुभयो ।
कार्यक्रममा सो पालिकाका वर्डा अध्यक्ष खाजा हुसेन, पंकजकुमार मण्डल, श्रीराम चौधरी तथा नागेश्वर मण्डलले पालिका अन्र्तगत वर्डा स्तरमै शिविरको आयोजना भइरहेको वताउनुभयो ।
पालिकाको आयोजनामा नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र रामलाल गोल्छा आखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालनमा आएको हो ।
ि

Leave a Reply

Your email address will not be published. Required fields are marked *