विद्यार्थीलाई जर्सी हस्तान्तरण

कुमोद अधिकारी विराटनगर
माघ १७
मोरङ कटहरी गाउपालिका–६ स्थित प्रजातन्त्र माध्यामिक विद्यालय भौडाहाका छात्र÷छात्राहरुका लागि आज जर्सी हस्तान्तरण गरिएको छ ।
विराटनगर र कटहरीका समाजसेवी एंव उधोगी व्यवसायीहरुले एक कार्यक्रमका विच ३० हजार मुल्य वरावरको ४० थान जर्सी विद्यालयलाई हस्तान्त्ररण गर्नुभयो ।
विद्यालयका छात्र÷छात्राहरुलाई खेल क्षेत्रमा अगाडी बढाउने उद्ेश्यले कटहरी–४ विनोद वोहरा, विराटनगर–१ का अशोक कुमार झुनझुनवाला, विराटनगर–७ का देवकी नन्दन अग्रवाल, विजय कुमार अग्रवाल र श्रवण कुमार अग्रवाललको सहयोगमा विद्यार्थीलाई जर्सी प्रदान गरिएको थियो । समाजसेवी वोहराले खेलक्षेत्रको विकासका लागि आफुहरुले विद्यार्थीका लागि जर्सी हस्तान्तरण गरेको वताउनुभयो ।


विद्यालयका छात्र÷छात्राहरुलाई समाजसेविहरुले जर्सी प्रदान गरेपछि विद्यालयका प्राधानाध्याप महानन्द पण्डित,शिक्षक संघ कटहरीका अध्यक्ष रन्जित सरदारले उहाहरुलाई धन्यवाद व्यक्तगर्दै आगामी दिनमा पनि विद्यालयका लागि सहयोग उपलव्ध हुनेमा आफुहरु ढुक्क रहेको वताउनुभयो ।
विराटनगर तथा कटहरीका समाजसेवीहरुले विभिन्न क्षेत्रमा सहयोग तथा अन्य सामाजिक काम समेत गर्दै आईरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *