कुमोद अधिकारी विराटनगर
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एंव प्रहरी नायव महानिरिक्षक चन्द्रकुवेर खापुङले विकास निमार्ण र शान्ती सुरक्षालाई जोडनु पर्ने बताउनु भएको छ ।
कोशी प्रदेशको प्रहरी प्रमुखमा भर्खरै सरुवा भएर आउनु भएपछि सो कार्यालयले सोमवार आयोजना गरेको पत्रकार परिचयात्मक कार्यक्रमा उहाँले कतिपय अवस्थामा विकाश निमार्णका काममा शान्ती सुरक्षाले असर पारिरहेकाले राज्यले आफनो कामगर्दा जहांबाधा र अप्ठ्यारा हुन्छन त्यसलाई फुकाउन प्रहरीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रहरीप्रती जनताको ठुलो अपेक्षा र भरोसा रहेकाले जनताले सवैभन्दा धेरै प्रहरी संगठनलाई गाली गर्ने गरेको र त्यो कुरालाई आफुले जनअपेक्षा रुपमा लिएको बताउनुभयो ।
प्रहरी नायव महानिरिक्षक खापुङले कतिपय आपराधिक गतिविधिमा प्रहरी कर्मचारीको संलग्नता देखिने गरेको पाइएकाले त्यस्ता मानविय कमिकमजोरी देखिएकामा त्यस्ता विषयलाई सुधारगर्न मिडियाले औल्याउनुपर्ने बताउनुभयो ।
उहाँले प्रहरीले गरेका राम्रा कामलाई जनस्तर सम्म पु¥याउन मिडियाको रचनात्मक सुझाव तथा सहयोग आवश्यक रहेको बताउनुभयो । व्यक्तिगत आग्रह पुर्वाग्रहको आधारमा आलोचना नर्गन उहाँले मिडियालाई आग्रह गर्नुभयो ।
प्रहरी ऐन नियमावली अनुसार आफुले पाएको जिम्मेवारीका साथ कोशी प्रदेशमा शान्ती सुरक्षा सुद्धिढ बनाउन आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।