समाजसेवी गोयललाई नागरिक अभिनन्दन गरिने

असोज २६ वुधवार
सामाजसेवी एंव उधोगपती दिनवन्धु गोयललाई नागरिक अभिनन्दन गरिने भएको छ । लामो सयमदेखी समाजिक सेवामा सक्रिय रहनु भएका गोयललाई असोज –२८ गते शूक्रवार विराटनगरमा नागरिक आभिनन्दन गर्न लागिएको हो ।
नागरिक अभिनन्दन समारोह समितिले विराटनगर आज पत्रकार सम्मेलनगरि सो कुराको जानकारी गराएको हो । पुर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतथ्यमा तथा पशुपति नाथ मन्दिरका मुल भटको विशेष आतिथ्यमा समाजसेवी गोयललाई अभिनन्दन गर्न लागिएको समितिका अध्यक्ष सरेशकुमार शर्माले वताउनुभयो ।
समासेवी गोयललााई विराटनगरका विभिन्न संघसंस्था लगायत देश विदेशका गरि डेढसय संघसंस्थाले नागरिक अभिनन्दन तथा सम्मान गर्ने लागेको शर्माको भनाई छ ।
समाजिक व्यक्तित्वको रुपमा परिचित गोयलले मोरङ,झापा, सुनसरी, धनकुटा तथा तेह्रथुम लगायत विभिन्न जिल्लामा रहेका दुईसय भन्दा वढि शैक्षिक , धार्मिक तथा सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग पु¥याई रहनु भएको छ ।
२००५ सालमा झापामा जन्मनु भएका गोयलले विराटनगरमा बसेर विभिन्न उधोग व्यवसाय संचालन गर्दै आउनु भएको छ । गोयलले सातसय बढि असहाय वालवालिकालाई नगद रुपमा छत्रवृत्ति प्रदान , शैक्षिक सामाग्री वितरण, विभिन्न मठमन्दिरको निमार्ण, एकदर्जन आश्रम स्थल तथा सयौँ जेष्ठ नागरिक असहाय असक्त तथा एकल महिलाहरुलाइृ आर्थिक रुपमा सहयोग पु¥याई रहनु भएको छ ।
विगत २० वर्षदेखी समाजिक कार्य गर्दै आउनु भएकाले विराटनगरको समाजले उहालाई नागरिक अभिनन्दा गर्न लागिएको समितिका महासचिव श्याम पौडेलले वतााउनुभयो । नागरिक अभिनन्दनका लागी सुरेशकुमार शर्माको अध्यक्षतामा १७ सदस्यीय कार्य व्यवस्थापन समिति, १३ सदस्यीय सल्लाकार समिति तथा ४ सय ७५ सदस्यीय मुल समारोह समिति गठन गरिएको महासचिव पौडेलले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *