कुमोद अधिकारी
२२ चैत
विराटनगर । ःनेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासमा विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।
उधोग वाणिज्य महासंघ कोशी प्रदेशको आठैाँ प्रदेश सभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्नुहुर्दै उहाँले मुलुकमा समवृद्धि कायमगर्न प्राकृतिक स्रोतसाधन तथा कृषि, पर्यटनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गर्ने नीजि क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनु खुशकिो कुरा भएको उहाको भनाई थियो । निजिक्षेत्रको विकासमा आगामी दिनमा सरकारको निरन्तर साथ र सहयोग रहने उहाले विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले मुलुकको अर्थतन्त्र चलायमान बनाउन नीजि क्षेत्रमैत्री कानुन निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।
महासंघका कोशी अध्यक्ष राजेन्द्रबहादुर राउतले कोशी प्रदेशमा कृषि, जल विद्युत र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ , लुम्विनी अध्यक्ष कृष्ण शर्मा, तथा हेमराज ढकाल लगायतले सरकारले व्यवसायीक वातावरण निर्माण गर्दै स्वदेशी तथा विदेशी लगानीको वातवारण वनाउनु पर्ने वताउनुभयो ।
महासंघ कोशीका लागि आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष राउत र उधोगी नविन रिजालवीच प्रतिस्पर्धा हुँने भएको छ ।