राजवंशी समुदायको राजनितिक अधिकार कुन्ठित गरेको आरोप

असोज २७ विहिवार
मंसिर–४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फको उमेदवारमा आफनो समुदायको प्रतिनिधित्व नभएको भन्दै विराट राजवंशी समुदायले राजनितिकदलको ध्यानाकार्षण गराएका छन ।
विराट राजवंशी युवा समितिले आज विराटनगरमा पत्रकार सम्मेलनगरि उहाहरुले राजनितिक दलहरुले प्रत्यक्ष र समानुपातिक उमेदवारका लागी प्रतिनिधित्व नगराएर विराट राजवंशी समुदायको राजनितिक अधिकार कुन्ठित गरेको आरोप लगाएका छन ।
विराट राजवंशी समाजका उपाध्यक्ष प्रदिप विश्वासले दलहरुले निर्वाचन प्रणालीमा सहभागी नगराएर आफुहरुलाई भोटवंंैकको रुपमा मात्र प्रयोग गर्ने गरेको आरोप लगाउनुभयो ।
२००७ सालको आन्दोलन देखी प्रजातन्त्र र गणतन्त्र वहाली सम्मको आन्दोलनमा आफनो समुदायले महत्वपुर्ण भुमिका निर्वाह गरेपनि दलहरुले त्यसको मुल्याकंन नगरेको उहाले बताउनुभयो ।
झपा मोरङ तथा सुनसरी जिल्लामा ५० हजार भन्दा वढि विराट राजवंशी समुदायका मानिसहरु रहेपनि प्रत्यक्ष र समानुपातिक कुनैपनि सिटमा आफुहरुलाई प्रतिनिधित्व नगराउनु दुखको कुरा भएको उहाँहरुको भनाई छ ।
समाजका केन्द्रिय महासचिव काशिराज राजवंशीले जनसंख्याको आधारमापनि आगामी निर्वाचनमा समुदायको प्रतिनिधित्व हुनुपर्नेमा दलहरुले वेवास्ता गरेको वताउनुभयो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विक्रम राजवंशी, सचिव वसन्त राजवंशी तथा कुशेश्वर राजवंशीले राजवंशीले राजवंशी समुदायको हकहितका लागी राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *