असोज २४ सोमवार
विराटनगरवाटै सवारी चालक अनुमती पत्र पाउन थालेपछि सेवाग्रही लाई सहज भएको छ । यातयात व्यवस्था सेवा कार्यालय विराटनगरले सवारी चालक अनुमती पत्र दिन थालेपछि सेवाग्रहीहरुलाई सेवा पाउन सहज भएको हो ।
विराटनगर प्रदेश–१ को राजधानी भएपनि सवारी चालक अनुमतीपत्र बनाउन कार्यालयमा व्यवस्था नहुदा मोरङ जिल्लाका सर्वसाधारणलाई लाइसेन्स वनाउन सुनसरीको इटहरी तथा झापाको विर्तामोड जानुपर्ने अबस्था थियो ।
यातायात व्यवस्था तथा संचार मन्त्रालयको सहयोगमा विराटनगर–४ खार्जीमा रहेको यातयात व्यवस्था कार्यालयले साउन १५ गतेबाट कार , मोटरसाइकल, स्कुटर, टेम्पो तथा टयाक्टर लगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परिक्षा लिएर सवारी चालक अनुमती पत्र वितरण गर्दै आएको छ ।
इटहरी र विर्तामोडमा मात्र दिदै आएको सवारी चालक अनुमती पत्र विराटनगर बाटै बनाउन पाइने भएपछि मोरङ् जिल्लाका साथै अन्य जिल्लाका सेवाग्रही हरु लाइसेन्स वनाउन विराटनगर आउन थालेका छन ।
विराटनगर स्थित यातायात सेवा कार्यालयवाट छिटो छरितो एंव सहज रुपमा सेवा पाउन थालेपछि लायसेन्स वनाउने सेवाग्रहीको चाप कार्यालयमा उल्लेखनिय रुपमा वढेको छ ।
कार्यालय प्रमुख अनमोलमणी भटराइले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको बताउनुभयो । कार्यालयमा रहेका ८ जना कर्मचारीले विहान ७ बजेदेखी बेलुका ८ बजेसम्म खटेर जतिसक्दो चाडो लाइसेन्स दिने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।

विराटनगरवार्टै सवारी चालक अनुमतीपत्र वितरण हुन थालेपछि समयपनि कम लाग्ने र समयमा सवै काम हुन गरेको विराटनगर–८ का सेवाग्रही अजयकुमार सिंहको भनाई छ ।
त्यस्तैै झापा गौरादहका सेवाग्रही भिमप्रसाद राजवंशीलेपनि कार्यालयवाट प्रदान हुने सेवा सहज र छिटो छरितो हुने गरेको वताउनुभयो । कार्यालयमा सेवा छिटो छरितो हुने र सवै प्रक्रिया पुरा गर्दा चाडै लाइसेन्स पाइने कुरा सुनेर झापावाट लाइसेन्स वनाउन विराटनगर आएको उहाँको भनाई छ ।
कार्यालयले अहिले दुई महिनाको अवधिम विभिन्न सवारी साधनका करिव १७ सयभन्दा सय सवारी चालक अनुमतीपत्र वितरण गरि सकेको छ । चालक अनुमतीपत्र बनाउनका अहिलेसम्म ७ हजार ५ सय बढिले आवेदन दिएका थिए ।
कार्यालयवाट दैनिक चारदेखी पाँचसय जनाले सेवा लिइरहेका छन । यसैगरि सो कार्यालयले बस, ट्रक लगायत ठुला सवारी साधनहरुका लागी पनि चालक अनुमतीपत्र दिने गरि व्यवस्था मिलाउन लागेको कार्यालय प्रमुख भटराइकाे भनाई छ ।