११ माघ, विराटनगर । कोशीप्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
उहाँले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्नुभयो ।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाउनुभयो भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन मा चम्पादेवी कार्कीलाई ४ हजार ९९२ प्राप्त भयो ।
प्रदेशसभातर्फ कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गर्दा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाउनुभयो । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।
एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख दुवैथरिले मतदान गरेका थिए ।