‘पहिचानका नाममा समाजलाई भत्काउनु र द्वन्द्व बढाउन हुँदैन’

कुमोद अधिकारी २ माघ, २०८०

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताउनुभएको छ ।

मोरङको सुन्दरहरैचामा आज आयोजित नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दर हरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई काँग्रेसले जति कसैले नउठाएको दाबी गर्नुभयो ।

काँग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको बताउँदै पहिचानका नाममा समाजमा फाटो ल्याउने नभई कहीँ कतै भएका तुष मेट्ने पहिचानको पक्षमा कांग्रेस रहेको उहाँले प्रष्ट पार्नुभयो । पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने उहाँको भनाई थियो ।

देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *