कुमोद अधिकारी पुस,२८
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनु भएको हो ।
विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकालले यसअघि हिसान मोरङको अध्यक्ष भएर एक कार्यकाल सफलतापूर्वक चलाउनु भएको थियो । नव निर्वाचित अध्ययक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताउदै अहिले पनि राज्यले निजी उच्चमा विद्याहरूलाई विभेद गरिरहेको उल्लेख गर्नुभयो । ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन । त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्दछ,’ उहाले भन्नुभयो ।
हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पुनः टिएन तिम्सिना निर्वाचित हुनु भएको छ त्यस्तैे उपाध्यक्ष पुनः मोहनकुमार श्रेष्ठ र गोविन्द निरौला, सचिवमा भेषराज नेपाल( भुवन), सह–सचिव भुपेन्द्र दाहाल र कोषाध्यक्षमा प्रदिप भगत निर्विरोध निर्वाचित हनु भएको छ ।
यस्तै सदस्यहरूमा त्रिलोचन गौतम, रोहत थपलिया, बसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझीलगयात निर्वाचित हुनु भएको छ ।
हिसान मोरङको सल्लाहकारमा भरत दाहाल, डा. मनोज गुप्ता, ईश्वर रिजाल। दिनेश दाहाल र सकलदेव साहलाई आजै चयन भएको निर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि हिसानका केद्रिय उपाध्यक्ष भेषराज पोखेल, केन्द्रिय सदस्य राजेश कार्की, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका र प्रदेश सचिव दिपेश बास्तोलालगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।