समाजसेवी गोयलद्धारा १५ परिवार लाई खाद्यसमाग्री प्रदान

कुमोद अधिकारी विराटनगर
पुस, २८
समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुस्थित स्व.ओमप्रकाश गोयल कोलोनीका परिवारलाई खाद्यसामग्री प्रदान गर्नु भएको छ । भद्रपुर नगरपालिका वडा नं. ६ भातियाबाडीमा समाजसेवी गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाशको स्मृतिमा घरबार विहीनका लागि कोलोनीको निर्माण गरिदिनु भएको छ ।
सोही कोलोनीमा बसोबास गर्दै आएका १४ र बाहिरको १ गरी १५ परिवारलाई माघेसंक्रान्ति मनाउन खाद्यसामग्री वितरण गर्नु भएको हो ।
वितरण कार्यक्रममा समाजसेवी गोयलका प्रतिनिधिकका रूपमा उपस्थित गौतमबुद्ध स्कुलका प्रधानाध्यापिका जयन्ती मानी र समाजसेवी सजल कुन्डुले उक्त सामग्री वितरण गर्नु भएको थियो । उहाहरुले १५ परिबार सबैलाई प्रति परिबार चामल २५, मसुरो दाल ३, आलु ५, नुन ५, सखर ३ र मुरई (भुजा) ३ किलोका दरले वितरण गर्नुभयो ।सो कार्यक्रामा त्यस्तै प्रति परिवार तोरीको तेल २ लिटर, सोयाबिन १ प्याकेट र नगद ५ सय पनि प्रदान गरिएको थियो ।


समाजसेवी गोयलले स्वर्गीय ओमप्रकाशका नाममा १ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिदिएको कोलोनीको उदघाटन गत वैशाख १० गते गरिएको थियो ।
नगरपालिकाको समन्वयमा उक्त स्थानलाई ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको छ । खाद्यसामग्री प्राप्त गर्नेमा राजो माझी, श्याम माझी, रमेश माझी, शर्मिला माझी, प्रमिला माझी, धन राजवंशी र निर्मला राजवंशी रहेका छन । त्यस्तै भेलासरी राजवंशी, विमला माझी, सुमित्रा माझी, सलबहादुर दास, लखन माझी, सेवानन्द माझी, रबिन माझी र शान्ति माझीलाई पनि उक्त सामग्री प्रदान गरियो ।
समाजसेवी गोयलले केही दिनअघि उक्त १५ परिवार सबैलाई न्यानो कम्बल उपलब्ध गराउनु भएको थियो । कार्यक्रम वडाध्यक्ष रतिया राजवंशीका अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाजसेवी गोयलले सिक्षा, स्वास्थ्य तथा समाजिक क्षेत्रमा उल्लेखनिय सहयोग पु¥याउदै आउनु भएको छ । उहाले पु¥याउदै आउनु भएको समाजसेवाकोे कदरगर्दै नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरुले समाजसेवी गोयललाई सम्मान समेत गरेका छन । विराटनगरका उधोगी गोयलले विपन्न समुदायलाई हरेक प्रकारकारको सहयोग गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *