कुमोद अधिकारी
बिराटनगर, पुस २७
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ ।
बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
कार्यक्रममा डा. कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा पुग्ने वताउनु भयो ।
उहाले जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वस्थ्य रहेमा मात्र स्वस्थ्य प्रहरी सेवा उपलब्ध हुने हुँदा पहिला प्रहरी स्वस्थ रहन जरुरी रहेको साथै स्वस्थ्य सेवा उपलव्ध गराउने स्वास्थ्यकर्मीहरु सुरक्षित रहेमा मात्र बिरामीहरुको प्रभावकारी उपचार सम्भव रहने भएकोले सम्पुर्ण नागरिकको सुरक्षाको जिम्वेवारी वहन गर्ने प्रहरी कर्मचारीहरुलाई बिराट मेडिकल कलेज कुनै दुविधा नराखि उपचार सेवा उपलव्ध गराउन तयार रहेको वताउनु भयो ।

प्रहरी नायव महानिरीक्षक बास्तोलाले कोशी प्रदेशमा आत्महत्याको दर उच्च भए सँगै त्यसको सचेतनामुलक भिडियो निर्माण गरी कोशी प्रदेश प्रहरीलाई उपलब्ध गराई दिनु भएकोमा अस्पतालाई धन्यवाद व्यक्त गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतनाको लागि समुदाय र टोल टोलमा उक्त भिडियो प्रदर्शन गरिने बताउनु भयो ।
विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।