कुमोद अधिकारी
विराटनगर पुष, २७
आफुलाई जन्म दिने माता पिताको महत्व महिमा बोध गराउने उदेश्यले मानवसेवा आश्रमले मानवता प्रवद्र्धनको महान अभियान अन्तर्गत आमा सेमिनार गर्ने भएको छ ।
विराटनगर–८ हाटखोला स्थित आरोहण गुरुकुलको हलमा शनिवनर दिउँसो आश्रमले आमा सम्मेलन गर्न लागेको हो। आश्रमले विराटनगरमा शुक्रवार विहान पत्रकार सम्मेलन गर्दै सम्मेलनको विषयमा जानकारी गराएको हो । आश्रमले परिवारको सहयोगबाट बन्चित भएका सडकमा आश्रित मानवको उद्धार तथा तथा सेवाका लागि कामगर्दै आएको छ । दुई बजेदेखि चारबजे सम्म आयोजना हुने आमा सम्मेलनमा मोरङ लगायत विभिन्न जिल्लाका चारसय बढिको सहभागिता रहने छ ।
मानवता, राष्ट्रियता ,परोपकार तथा प्रेम सद्धभाव तथा करुणालाई जन–जनमा मनमनमा पु¥याउने उदेश्यले सम्मेलनको आयोजना गर्न लागेको आश्रमका कोषाध्यक्ष होमनाथ तिम्सिनाले बताउनुभयो ।
मुलुकलाई सडक आश्रित मानमुक्त राष्ट्र निमार्णको परिकल्पना गरि सेवा गरिरहेको आश्रमले यो सेमिनारमा मोरङ जिल्लालाई केन्द्र बनाई काम गर्ने समाजिक संस्था आमा समुह राजनितिक दलका जनप्रतिनिधि प्रदेश सभा सदस्य तथा मानव आश्रमका सहयोगी दातालाई सहभागि गराईने उहाँले बताउनुभयो । सेमिनारमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण प्रदान गर्नुहुने छ । १४ वर्ष मुनिका बालवालिकालाई सेमिनारमा सहभागी हुन नपाउने जनाइएको छ ।
२०८२ साल सम्ममा सडक आश्रित मानवमुक्त राष्ट्र निमार्णगर्ने परिकल्पना आश्रमको रहेकोछ । आश्रमको नेपालका ४५ स्थानमा आमा सम्मेलन गर्ने लक्ष्य रहेको छ । जस अनुसार पर्सा , लमजुङ, हेटौडा दाङ, नेपालगन्ज तथा वुटवलमा आमा सम्मेलन सम्पन्न भइसेको छ ।
पत्रकार सम्मेलनमा लायन्सक्लवका पुर्व अध्यक्ष लिला ढुंगेल तथा निमार्ण व्यवसायी परविन खडका लगायतले आमा वुवाको महत्वलाई वुझन सेमिनारले मद्त पु¥याउनेमा जोड दिनुभयो ।
मानव सेवा आश्रम विराटनगरले अहिले सम्म सडक आश्रीत तथा परिवारवाट वाहिर रहेका सातसय भन्दा वढिको उद्धार गरेको र तिनसयलाई परिवारमा पुर्न मिलन गराएको छ ।