कुमोद अधिकारी विराटनगर
पुष १९ विहिवार
मोरङको कटहरी गाउँपालिकाले तुलसी खेती सम्बन्धि दुई दिने तालिम शुरु गरेको छ । तुलसी खेतीबाट जडिवुटि उत्पादन गर्न सहजहोस भन्ने उदेश्यले पालिकाले विहिवार देखी किसानलाई तालिम दिन शुरु गरेको हो ।
३५ जना किसान सहभागी भएको सो तालिमको पालिका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । पालिकाले वडा नं ५ का किसानलाई तुलसीखेतीका लागि प्रतिकठ्ठा तीन हजार रुपैंया अनुदान दिने निर्णय गरेको छ ।
किसानले उत्पादन गरेको तुलसीका सुकेका पात, जरा तथा डाठ बिक्रिगर्न जडिवुटी उत्पादन गर्दै आएको सो पालिकमा सञ्चालीत गुराँस हर्वास्युटिकल्स प्रा.ली संग खरिद सम्र्झौता गरेर तालिम दिन शुरु गरेको पालिकाका अध्यक्ष चौधरीले बताउनुभयो । पाइलट प्रोजेक्टको रुपमा गाउँपालिकाले तुलसी खेती शुरु गर्न लागेको हो । यस्तो प्रकारको तालिम नेपालमै पहिलो भएको पालिकाको दावी छ ।
जडिवुटी उत्पादनका लागि सो कम्पनीले भारतबाट तुलसी ल्याउने गरेको देखेर किसानलाई प्रोत्साहित गर्दै आफनै पालिकामा उत्पाद गर्न तालिमको ब्यवस्था गरीएको अध्यक्ष चौधरीले बताउनुभयो
पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार शाहले किसानले उत्पादन गरेको तुलसी प्रति केजी १ सय १० रुपैयामा खरिद गर्ने गरि सो कम्पनीसंग सम्झौता भएको बताउनुभयो । एकवर्षमा तीन पटक तुलसी उत्पादगर्न सकिने कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । पालिकाले अनुदान दिएपछि तुलसी खेतीका लागि किसान समेत उत्साहित भएका छन । २०८१ सालको असार मसान्त सम्म कम्पनीले किसनासंग तुलसीका सुकेका बोट खरिदगर्ने सम्झौता भएको छ ।