कोशी प्रदेशले टुक्रे योजनामा बजेट छर्दैन ः मुख्यमन्त्री कार्की

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने बताउनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ । ”

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गर्नुभएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *