मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए(एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका(५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।

‘६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ,’ उनले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *