क्मोद अधिकारी विराटनगर
चैत ७ मंगलवार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानीले उत्पादकत्व वृद्धि हुनुपर्ने जोड दनु भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्घठनको संयुक्त लगानीमा विराटनगर–१७ रानी भन्सार १ नं गेट क्षेत्रमा निर्माण गरिन लागिएको आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्नुहुदै उहाले सरकारले निर्माण गर्ने संरचना र परियोजनाले उत्पादकत्वमा वृद्धि हुनुका साथै लगानीमैत्री वातावरण तयार हुनुपर्ने वताउनुभयो ।
उहाले मुख्यरुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यून ,गर्न तथा आयात प्रतिस्थापन र रोजगारको प्रवन्ध गर्न सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचवर्ष भित्र गरिने लागेको विकासका कार्यको जनताले प्रत्यक्ष रुपमा अनुभुतीगर्ने उल्लेख गर्नुभयो । प्रदेस सरकार स्थापना भएपछि प्रदेसका मुहार फेरिएको छ भन्नुहुदै प्रदेस सरकारले गरेको कामलाई जनस्तरमा जानकारी गराउनुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाँले सरकार अव कुनै किसिमको अलमलमा नपर्ने बताउँदै ृउहाले सरकारको एकमात्र लक्ष्य समवृद्धि कायम गर्नु हो र त्यो लक्ष्यलाई सरकारले पुरागरि छाडने वताउनुभयो । उहाले सरकारको थैलीको आकारको आधारमा विकास निर्माणलाई प्राथमिकता दिदै जाने वताउनुभयो ।
कोशी प्रदेसका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाँईले प्रदेशमा विकासका कार्यले गति लिन शुरु भइसकेको छ भन्नुहुदै कोशी प्रदेशको विविधतालाई झल्को दिने गरि स्वागत द्वार निर्माण हुने प्रष्ट पार्नुभयो ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भैरहेको र आगामी दुई बर्षभित्र जनताले विराटनगरलाई नयाँ नगरको रुपमा अनुभूति गर्न पाउने उल्लेख गर्नुभयो ।
शहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र तथा नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनु भयो ।
प्रदेश सरकारको ७० ,महानगरको २५ र उधोग सङ्घगठनको पाँच प्रतिशत गरी कुल ६ करोड २५ लाख २४ हजार रुपैयाको लागतमा सो पुल र स्वागतद्धार निमार्ण हुन लागेको हो । आशिसदीप जेभी भद्रपुरले आगामी दुई बर्षभित्र उक्त संरचना सम्पन्न गर्ने जनाएको छ ।