स्वदेशको मायाले चार बालवालिकाको अध्ययनको अभिभावक ग्रहण

कुमोद अधिकारी चैत ५
विदेशमा वस्दै आउनु भएका भरत अधिकारले विपन्न परिवारका बालबालिकालाई शिक्षा पहुँच पु¥याउने उदाहरणीय कार्य गर्नु भएको छ ।
विगत २० बर्षदेखि संयुक्त्त अधिराज्यमा बसोवास गर्ने सुनसरीको बर्जु गाउँपालिकाका–५ का भरत अधिकारीले स्थानीय चार बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा(एसईइ)सम्म अध्यापन गराउने गरि अभिभावकत्व ग्रहण गर्दै उदारणीय कार्य गर्नु भएको हो ।
गाउँपालिकामा आयोजित एक कार्यक्रममा अधिकारीले सोही पालिकाको श्रीसार्वजनिक प्राविमा अध्ययनरत वेनी सरदार, नितु सरदार , सम्झना कार्की सुप्रिया चौधरीलाई विद्यालय पोशाक ,स्टेशनरी लगायत सामाग्री हस्तान्तरण गर्दै अध्यापनको अभिभावकत्व ग्रहणगर्ने सार्वजनिक घोषणा गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष छिवछ रायले बालबालिकालाई शत प्रतिशत शिक्षामा पहुँच पु¥याउन सकेमा मात्र मुलुकमा समृद्धि ल्याउन सकिने भन्दै अधिकारीले गर्नु भएको कामको प्रसंसा गर्नुभयो ।
कार्यक्रममा अभिभावक्त ग्रहण गर्ने अधिकारी र गोपाल अधिकारीले आफ्ना वुवाआमा स्व मानबहादुर र योगकुमारी अधिकारीको नाममा ट्रष्ट स्थापना गरी आगामी दुई बर्षभित्र उक्त पालिकालाईमा रहने गरी सुविधासम्पन्न एम्बुलेन्स प्रदान गर्ने घोषणाका साथै प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनु भयो ।
सोही अवसरमा अध्यक्ष रायले सोही स्थानको तीन सय मिटर सडकलाई विस १९८४ उक्त स्थानमा आई जंगल फडानी गरि वसोवास गर्ने ‘मुखिया मान बहादुर मार्ग’ नामकारण गर्नु भयो ।
भारत अधिकारीले सोही स्थानका असक्त विरामी रहेका प्रमोद चौधरीलाई स्वास्थ्य सामाग्री सहित आर्थिक सहयोग उपलव्ध गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *