हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाइदै

विराटनगर, ३ फागुन(
विगतको वर्षदेखि असफलता हासिल गरिरहेको मोरङको यसवर्ष हात्ती पाइलो विरुद्धको औषधि खुवाउने कुरामा सफलता हासिल गर्ने लक्ष्यका साथ स्वास्थ्य कार्यालले तयारी गरिरहेको छ ।
फागुन ११ गते देखि लगातार यो औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन हुने र मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार ९९७ मध्येमा ८० प्रतिशत आम नागरिकलाई औषधि खुवाउने स्वास्थ्य कार्यालय प्रमुख डा सुरेश मेहताले जानकारी दिनुभयो ।
मोरङमा यसवर्ष १२ औँ पटक हो, ११औँ पटकसम्म सफलता नमिलेपछि यसवर्ष पुनः हात्तीपाइले विरुद्धको औषधि खुवाउन लागेकाले लक्षित सबैले औषधि सेवन गर्नु पर्ने प्रमुख मेहताको भनाई छ । मोरङमा अहिले पनि हात्तीपाइलेका रोगी फेला परिकाले यो अभियानले निरन्तरता पाएको प्रमुख मेहताले जानकारी दिनुभयो ।
खानेले खाइरहने र नखानेले नखाने प्रवृतिका कारण यो औषधी खुवाउन परिरहेको र यो अभियान मोरङमा लगभग १४ दिनसम्म चल्ने बताइएको छ ।
औषधी नखाने व्यक्त्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधी खाइरहनु पर्ने भएकाले यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य कार्यालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *