जिल्ला प्रशासन कार्यालय मोरङ्गले एक घण्टाभित्र नागरिकता प्रमाणपत्र दिने

विराटनगर, (जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीलाई एक घण्टाभित्र नागरिकता प्रमाणपत्र उपलव्ध गराउने भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले विराटनगरमा  आयोजित पत्रकार एवं मानव अधिकारकर्मीहरु संगको  भेटघाट कार्यक्रममा   नागरिकता प्रमाणपत्र लिनका आवश्यक पर्ने सम्पूर्ण कागपत्र उपलव्ध गराएको अवस्थामा एक घण्टा भन्दा अझ छिटो समयमा सहज र सरलरुपमा  उपलव्ध गराउने जानकारी दिनु भयो ।
उहाँले सेवाग्राहीलाई अनलाइन मार्फत राष्ट्रिय परिचय पत्र एवं राहदानी  लिनका लागि तोकिएमा समय कार्यालय आएमा  झण्झट र  दुःख मुक्त हुन सकिने छ भन्दै विहानदेखि लामवद्ध रुपमा बस्ने कार्यको अन्त्यका लागि आगामी चार दिनभित्र टोकन प्रणाली र एक सय थान कुर्सीको व्यवस्था गरिन लागेको  बताउनु भयो ।
    प्र.जि.अ भट्टराईले महानगरको समन्वय र सहयोगमा आगामी एक हप्ताभित्र थप एक देखि दुई स्थानमा राष्ट्रिय परिचयन दर्ताका लागि कार्य शुरु गर्ने यसवाट सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त्त गर्नु भयो ।
उहाँले मानवअधिकारको संरक्षण र बलियो बनाउने कार्यमा सबैको साथमा कार्य गर्ने छु  भन्दै शान्तिसुरक्षाको अनुभूति नागरिकलाई गराउन दृढ रहेको विचार व्यक्त्त गर्नु भयो ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक रुपमा तीन सय राष्ट्रिय परिचय पत्रको दर्ता गर्ने कार्य गरिरहेको सहायक प्र.जि.अ शरदकुमार पोखरेलले बताउनु भयो । 
भेटघाट कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीहरु, सशस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरु, विभिन्न मानवअधिकार सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *