विराटनगर, प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना मोरङमा प्रभावकारी बन्दै गएको छ । जोन तथा सुपरजोन कार्यक्रम संंचालन गर्दै अनूदानमा कृषि उपकरण उपलव्ध गराएपछि परियोजना प्रभवकारी हुदै गएको छ । खेत जोत्न धान काटन, धान रोप्न, तथा पोखरी खन्न परियोजनाले कृषि उपकरण अनुदान दिएपछि कृषि यान्त्रीकरणमा किसानको आकार्षण बढन थालेको छ ।
विगतमा हलो र मजदुरको प्रयोग गरेर परम्परागत रुपमा खेती गर्दै आएका किसानहरु अहिले खेत जोत्नदेखी वाली रोप्न तथा वाली काट्न मेशिनको प्रयोग गर्न थालेका छन । आर्थिक वर्ष २०७३–०७४ सालदेखी शुरु भएको सो परियोजना अन्तर्गत मोरङ जिल्लामा धान, माछा तथा तरकारी जोन कार्यक्रम संचालनमा छन ।

जोन कार्यक्रम संचालन भएका स्थानमा कष्टम हायरिङ सेन्टर स्थापना गरेर माछा पालनका लागी पोखरी खन्न जेसिपी एयर टेलर ,धान जोनका लागी धान काटने तथा धान रोप्ने ठुला ठुला मेशिन, गोडमेल गर्ने औजार त्यस्तै तरकारी जोनका लागी सिचाईको व्यवस्था तथा ढुवानीका साधन, हातेटयाक्टर, पिकपभेन तथा पावर टिलर लगायतका साधन किसानलाई उपलव्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोज यादवले बताउनुभयो ।
जहदा गाउपालिका–७ का किसान देवानन्द शाहले उत्तपादन वृद्धि गर्न परियोजनाले ठुलो मद्त पु¥याएको बताउनुभयो । तरकारी खेतीका लागी खेत जोत्न पावर टिलर, सिचाइका साधन, ढुवानीका साधन देखी तरकारी गोडमेल गर्ने मेशिन समेत पाउदा खेतीगर्न अहिले निकै सहज भएको उहाको भनाई छ ।
परियोजनाका कारण मोरङ जिल्लाका ८० प्रतिशत भन्दा बढि किसानहरु यान्त्रीकरणको प्रयोग बाट खेती गर्दै आएका छन । परियोजनाले गरेको सहयोगका कारण कृषि यान्त्रिकरणमा सहयोग पुग्नुका साथै किसानको उत्तपादन लागत घटेको र उत्तपादनमा समेत वृद्धि भएको कार्यालय प्रमुख यादवको भनाई छ । परियोजनाका कारण किसानको उत्तपादन लागत २५ देखी ३० प्रतिशतले घटेको छ ।
युवा शक्ति विदेश पलायन भइरहेकाले श्रमिक नपाइरहेको अवस्थामा परियोजनाले गरेको सहयोगले कृषिमा यान्त्रीकरण मद्त पु¥याएको कटहरी तथा जहदा गाउपालिका तरकारी जोनका अध्यक्ष सिवनाथ सिंहको भनाई छ । यान्त्रीकरणको माध्यमवाट आफुले चार विघा जग्गामा तरकारी खेती गर्दै आएको र त्यसवाट वार्षिक १० लाख भन्दा वढि आम्दानी हुनेगरेको उहाको भनाई छ ।

प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना परियोजन कार्यान्वयन इकाई मोरङले परियोजाले जोन तथा सुपर जोनक्षेत्रमा किसानलाई ५० देखी ८५ प्रतिशत सम्म अनुदानमा कृषि उपकरण तथा सिचाइका लागी वोरिङ, पम्पिङसेट तथा मटर उपलव्ध गराउदै आएको छ । परियोजना संचालनमा आएपछि मोरङ जिल्लामा माछा पोखरीको क्षेत्रफल उल्लेखनिय रुपमा विस्तार भएसंगै माछा उत्तपादनमा समेत वृद्धि भएको छ ।
परियोजनाले अहिले सम्म चारसय भन्दा वढि कृषि उपकरण तथा कृषि औजार वितरण गरेको र त्यसवाट १५ हजार वढि किसान लाभान्वित भएको परियोजनाले जनाएको छ । जोन कार्यक्रम संचालनमा आएपछि माछा, धान तथा तरकारी उत्तपादनमा समेत वृद्धि भएको कार्यालय प्रमुख यादवको भनाई छ ।