सात लाख ५९ हजार हवाई यात्रुहले प्रयोग गरे विराटनगर विमानस्थल

 विराटनर विमानस्थल प्रयोग गरी  सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरु आफ्नो गन्तव्य तर्फ गएका छन् ।
विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा विराटनगरमा  आयोजित २४ औं नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव समारोहमा उक्त्त जानकारी दिइएको हो ।
विराटनगर कार्यालयका  प्रमुख  रिन्जी शेर्पाका अनुसार उक्त्त अवधिमा  आगमनतर्फ  तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार  २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् ।   यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१  विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेका छन् । 
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले वार्षिकोत्सको उद्घाटन गर्दै सुरक्षालाई प्राथमिकतामा राखी यात्रुहरुहरुको सेवा सुविधामा वृद्धि गरेमा आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो ।
विराटनगर कार्यालयका प्रमुख शेर्पाले विमानस्थलको  धावनमार्ग पूर्वतर्फ १७५ र पश्चिततर्फ एक सय गरी २७५ मिटर विस्तार गर्न ठेक्का आव्हान भैसकेको जानकारी दिनु भयो ।
विराटनगर –४ का वडाअध्यक्ष जीतन थापा, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनाल,वुद्ध एयर विराटनगरका प्रमुख कौशल भण्डारी, ट्राभल एजेन्सी विराटनगरका प्रमुख फडिन्द्र अधिकारी र कार्यालयका युगल बरालले  विदेशी मुद्रा आर्जन गर्न यहाँबाट हिमाल दृश्यावलोकन उडान गर्न सुझाव दिनु भयो ।
सोही अवसरमा विभिन्न खेलकूदमा विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिएको  छ।विराटनगरबाट विभिन्न क्षेत्रमा दैनिक ४० उडान हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *