कुमोद अधिकारी
२ असार ः
विराटनगर । नेकपा (एमाले) ले विराटनगरमा आज निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धी सुझाव संकलन गरेको छ
एमाले केन्द्रीय कार्यदल काठमाण्डौ र कोशी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्न तथा पार्टी पुनर्गठन सम्बन्धी नेकपा एमालेद्धारा गठित कार्यदललाई आवश्यक सुझाव दिन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी सचिवालयका सदस्य, नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदेशका १४ वटै जिल्ला कमिटीका अध्यक्षहरू तथा जनसंगठनका प्रदेश अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन र पार्टी जागरण अभियानलाई तिव्रता दिने विषयमा जोड दिएका थिए ।
कर्यक्रममा नेकपा एमालेका उपाध्यक्षहरु रामबहादुर थापा,पृथ्वीसुव्वा गुरुङ,विष्णु पौडेल, महासचिव शंकर पोखरेल,सचिव शेरधन राई, भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमारकार्की लगायतको सहभागिता रहेको थियो ।
नेकपा एमालेका सचिव एंव कोशी प्रदेस इन्चार्ज शेरधन राइले निर्वाचनको समिक्षा गर्दै पार्टीलाई संगठित वनाएर अघि वढाउने विषयमा कार्यक्रममा छलफल भएको वताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल भिडियो मार्फत कार्यक्रमलाई प्रत्यक्ष सम्वोधन गर्नु भएको थियो ।