कोशी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्वाचित

कुमोद अधिकारी
६ भदौ,
विराटनगर । कोशी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्वाचित हुनु भएको छ । विराटनगरमा आज सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वचित गरेको हो ।
प्रदेश समितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव, कोषाध्यक्षमा सर्जु थापा देवान नर्वाचित हुनु भएको छ । सदस्यहरुमा सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित शाहर गौरी मास्के रहनु भएको छ ।
प्रथम साधारणसभामा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल, नेपाल टेबुल टेनिस संघका केन्द्रीय अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्ष अनुज बाँनिया, उपाध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी, प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रविणकुमार कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारणसभाका अवसरमा टेबुल टेनिसका पूर्व राष्ट्रिय खेलाडी राजेश लोहनीलाई सम्मान गरिएको थियो ।

यसैवीच नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकले प्रदेश उपाध्यक्षमा सन्तोष अग्रवाल र सल्लाहकारमा डा.मनोज लाखे र ध्रुव क्षेत्रीलाई मनोनित गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला टेबुल टेनिस संघको विस्तार, कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता हुने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *