गणतन्त्र दिवशको अवसरमा विराटनगरमा वृह्त प्रभातफेरी आयोजना

कुमोद अधिकारी
१५ जेठ,
विराटनगर । गणतन्त्र दिवशको अवसरमा विराटनगरमा आज विहान वृह्त प्रभातफेरीको आयोजना गरियो । गणतन्त्र दिवश मुलसमारोह समितको आयोजनामा निस्केको प्रभातफेरीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ ।
वाजागाजा झाकि सहित निस्केको प्रभातफेरीमा कोशी प्रदेस सरकारका मन्त्री, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्र्याथी, उधोगी व्यापारी , सुरक्षा निकायका प्रमुख नेपाल पहरी, सशत्र प्रहरी तथा सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो ।
जिल्ला प्रसासन कार्यालय मोरङको परिसरवात निस्केको प्रभात फेरी विराटनगरको विरेन्द्रसभागृहमा स्थित अहिलेको प्रदेससभा हलमा आएर कोणसभामा परिणत भएको थियो ।
सो अवसरमा कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गण्तन्त्रको उपलव्धिको रक्षाका परिवर्तनकारी शक्तिविचको एकता आवश्यक रहेको वताउनुभयो ।


नेपाली जनताको त्याग र वलिदानवाट आएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कारण मुलुकमा युगान्तकारी परिवर्तन भएकाले यस्को संस्थागत विकासमा उहाले जोड दिनुभयो ,। लोकतान्त्रिक गणतन्त्र साशन व्यवस्था नेपालको वर्तमान तथा भविष्यको आधार भएकाले लोकतान्धिक संविधानको रक्षागर्दै गणतन्त्रलाई अझ सुद्धिढ, उत्तरदायि, पारदर्सी र जनमुखी वनाउनु आजको आवश्यता रहेको उहाले वताउनुभयो ।
मुलुकमा सुशासन तथा समवृद्धि कायम गर्ने दिसामा प्रदेस सरकार अघि वढेको उहाको भनाई थियो । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रको आधारमा माथी अविश्वास फैलाउने प्रवृति देखिन थालेको प्रति सचैत रहन उहाले आग्रह गर्नुभयो । कार्यक्रममा कोशी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङको पनि सहभागिता थियो ।
सो अवसरमा मुख्य मन्त्री कार्कीले प्रभातफेरीको झाकीमा सहभागि भएका एक दर्जन विभिन्न जाती समुदायका झाकीहरुलाई नगद सहित कदरपत्रद्धारा सम्मान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *