मानव अधिकारको सम्मान भएमामात्र उत्कृष्ट समाज वन्छ–ः प्रदेश प्रमुख खापुङ

कुमोद अधिकारी
१४ जेठ,
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानव अधिकारको सम्मान भएको समाज नै उत्कृष्ट समाज हुने बताउनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयद्वारा आयोगको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा वुधवार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा उहाँले मानव अधिकारको सम्मान र रक्षा गर्नु सभ्य समाजको पहिचान भएको धारणा राख्नु भयो ।
लोकतन्त्रलाई सुदुढ बनाउन मानव अधिकारको पूर्ण संरक्षण र प्रवद्र्धन आवश्यक रहेको विचार उहाँले राख्नु भयो । प्रदेश प्रमुख खापुङले समाजका हरेक वर्ग, जाति र समुदायले समान रूपमा मानव अधिकारको उपभोग गर्नका लागि राज्यका सबै निकाय संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्न सबै क्षेत्र, वर्ग र समुदायको सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो, कोशी प्रदेश प्रमुख सचिव राजेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत लगायतले मानव अधिकार उल्लंघन हुन नदिन नागरिक सजग हुनुपर्ने विचार राख्नु भएको थियो ।
आयोग कोशी प्रदेशका अधिकृत डिल्लीराम लम्सालले विगत एक वर्षको प्रतिवेदन सार्वजनिक गर्दै कोशी प्रदेशमा २०३ वटा उजुरीहरु दर्ता भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी ताप्लेजुङ जिल्लाबाट ५० वटा उजुरी दर्ता भएको बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *