कुमोद अधिकारी
२४ वैसाख,
विराटनगर । थोरै लागनीमा धेरै आम्दानी हुने भएपछि खोलाको वगरमा उत्तपादन हुने खरवुजा खेतीमा किसानले ठुलो लगानी गर्न थालेका छन । ठुलो लगानमिा किसानले गरेका खरवुजा खेतीले पुर्वी मोरङको रतुवाखेलाको वगर हराभरा भएको छ ।
मोरङ सुनवर्सी नगरपालिका–६ झपडतलका मोहमद उसमानले रतुवाखोलाको वगरमा २० लाख रुपैया लगानी गरेर सो खेती गर्दै आउनु भएको छ । हुलाकी राजमार्ग अन्तर्गतपर्ने खोलाको पुल नजिक सात विघाको वगरमा उहाले खरवुजा, फर्सी तथा काक्रा खेतीगर्दै आउनु भएको छ ।
गत मङसिर महिनामा लगाइएको खेतीले चैत देखी उत्तपादन दिन थालि सेकेको छ । वैसाख महिना सम्म उत्तपादन हुने उहाले लागउनु भएको चकलेटी एंव अर्गानिक खरवुजा विक्रिका लागि काठमाण्डौ, पोखरा, धरान तथा विराटनगर सम्म पुग्ने गरेका छन । ठुला ठुला मालवाहक ट्रक लिएर खरिदका लागि व्यापारीहरु त्याहा पुग्ने गर्दछन ।
२० लाख गरेको लगानी खर्च कटाएर एक सिजनमा तिनचारलाख आम्दानी हुने गरेको उहाको भनाई छ । यो खेतीमा आम्दानी भन्दा पनि धेरैलाई रोजगारी दिन सफल भएको उहा सुनाउनु हुन्छ ।
विगत १० वर्षदेखि सो ठाउमा खेती गर्दै आउनु भएका उसमाले यो खेतीवारे नेपाली किसानसंग ज्ञान नभएकाले भारतिया किसानलाई सलंग्न गराएको वताउनुभयो । । प्रत्येकवर्ष यो खेतीका जानकार दुई देखि तिन परिवार भारतिय किसान सहभागि वनाउने गरेको उहाको भनाई छ ।
विगत सातवर्ष देखिे वगरमा खेतीगदै आउनु भएका भारत दिल्लाका किसान मोहमद मोमिनले वालुवामा हुने खरभुजा खेतीवाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने वताउनुभयो । खरवुजाको माग दिन प्रतिदिन वढदै गएको र याहाका खेलाको वगरमा खरवुजा खेतीको प्रसस्त संभावना रहेकाले यस्को उपयोग नेपाली किसानले गर्न सक्नु पर्दछ उहाले भन्नुभयो ।

खरवुजाको विउ निकै महगो भएकाले सोचे जस्तो आम्दानी हुन नसकेको उसमानको भानई छ । उहाका अनुसार चकलेटी खरवुजाको विउ प्रति केजी ८० हजार रुपैया भारु पर्दछ । उउटा साढे तिन केजी सम्म उत्तपादन हुने खरवुजा स्वादिलो रसिलो भएकाले वजारमा यसको माग उच्च रहेको उहाको भनाई छ । एक केजी विउले १७ देखि १८ कठालाई पुग्ने उहाले वताउनुभयो ।
अरु एउटा खरभुज पाच देखि सात केजी सम्म उत्तपादन हुने पनि छन । त्यस प्रकारको विउ प्रतिकेजी १० देखी १२ हजार रुपैयामा पनि पाइन्छ तर अरु खरभुजभन्दा चकलेटी खरवुजाको स्वाद फरक भएकाले यस्तो जातको खरवुजा उत्तपादनमा आफुले जोड दिएको उहाको भनाई छ ।
शुरुमा खरवुजा खेतीका लागि खाल्डो खन्न, प्रत्येका खल्ढोमा मल तथा विउ हाल्नका लागि मजदुरको आवश्यक पर्छ । खेतीका लागि विगत पाच महिनामा आफुले वरपर गाउका पाचसय भन्दा वढिलाई रोजागरुी दिएको र धेरै कमाउने भन्दापनि गाउका मानिसलाई रोजगारी दिन पाएकोमा त्यसैवाट आफु सन्तुष्ट रहेको उहाको भनाई छ ।
अहिले खरवुजाको उत्तपादन अन्तिम सिजन चलेको छ । खोलामा वाढि आउने क्रम शुरु भएकाले खोला किनारमा लगाएको खरवुजा खेतीमा त्यस्को असर पर्ने गर्दछ ।

झापा र मोरङ जिल्लालाई जोडने सो खोलाको पुल भएर दैनिक सयौ सवारी साधन ओहर दोहर हुने गर्दछ । सवारी साधनमा आवत जावत गर्ने प्राय सवैले त्याहा उत्तपादित खरभुज खरिदगर्ने गरेका छन । त्याह उत्तपादित खरभुज प्रतिकेजी २५ देखि ३० रुपैयामा े विक्रि हुदै आएको छ ।
यति ठुलो लगानी गर्दै पनि सरकारी निकायवाट कुनै सहयोग नपाएको उहाको गुनासो छ । वालुवमा लाखौ रुपैया लगानी गरेर खेतीगर्दै आएपनि कहिकतैवाट अनुदान नवाएको सुनाउदै राज्यले सरकारी अनुदान दिनेहो भने खोला किनारका प्राय सवै किसान ख्रवुजा खेतीमा लाग्ने उहाको भनाई छ ।