कुमोद अधिकारी
२२ चैत,
काठमाडौं ÷ साहित्यिकपत्रकार संघले हरेक वर्ष समर्पणगर्दै आएको ‘व्यथितकाव्य सम्मान–२०८२’ विराटनगरकाकविएवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ ।
काठमाडौंमाविशेष समारोह आयोजना गरेर संघले विगतदुई दशकभन्दालामो समयदेखि साहित्य र पत्रकारितामा सक्रियनवोदितलाई वरिष्ठकवि केदारमान व्यथितको नाममा स्थापितसो सम्मानगरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि ललितकलाप्रज्ञाप्रतिष्ठानकापूर्व उपकुलपति केके कर्माचार्य, आयोजक संस्थाकाअध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधानलगायतले नवोदितलाई टोपी, माला, दोसल्लाओढाएर सम्मानपत्रप्रदान गर्नु भएको हो ।
युवामोती पुरस्कार, कोशीप्रदेश सरकारबाटउत्कृष्टयुवा साहित्य पुरस्कार, नेपाल जेजीस, रोटरी क्लब, लायन्स क्लबबाट राष्ट्रिय सम्मानलगायतचार दर्शनभन्दाबढी सम्मान र पुरस्कार प्राप्तगरिसकेकानवोदितकातीनवटामौलिक कृति प्रकाशितछन् ।
४५ औं कथादिवसको अवसरमाआयोजित समारोहमाकविविमलातुम्खेवालाई समेत व्यथितकाव्य पुरस्कार समर्पणगरिएको थियो ।यसअघि सो सम्मानबाटवरिष्ठकविदिनेश अधिकारी, विश्वविमोहन श्रेष्ठ लगायत सम्मानित भइसकेका थिए ।
त्यस्तै भवानी साहित्यिकपत्रकारिता सम्मानबाट साहित्यिकपत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिकपत्रकार प्रवीणजोशी (शृंखला साहित्यिकमासिकको सम्पादक÷प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि पुरस्कृत हुनुभयो ।
व्यथितकाव्यडाय स्पोरा सम्मानबाट सम्मानितगरिने घोषणागरिएकाकविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहेकाले पछिप्रदानगरिने आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचयवरिष्ठ समालोचकप्रमोद प्रधानले दिएकाथिएभने सम्मान र पुरस्कारकालागिगरिएको चयनकाबारेमावरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथिप्रकाशपार्दै कथादिवसबारे जानकारी दिन्भयो ।
यसैगरी प्रमुखअतिथि केके कर्माचार्यले सम्मान र पुरस्कारकालागिअसलपात्रहरूको चयनभएको बताउँदै यस्ता सम्मानबाट स्रष्टाहरूलाई अझ सक्रियभएर अघिबढ्न प्रेरित गर्ने उल्लेख गनर््भयो ।
कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीणजोशी, प्रतिसरा सायमि, विमलातुम्खेवा र मीनकुमार नवोदितले पनिआ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
शारदा मासिकका सम्पादकविमलभौकाजीले लघुकथावाचन गरेर उदघाटनगरिएको सो कार्यक्रमको सहजीकरणकविएवं कथाकार मणिलोहनीले गर्नु भएको थियो ।
नेपालीभाषा, साहित्य, कला, संस्कृति र साहित्यिकपत्रकारिताकालागिक्रियाशील साहित्यिकपत्रकार संघको स्थापनावि. सं. २०२९ साउन २९ गते भएको थियो ।
साहित्यिकपत्रकार संघले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथादिवस मनाउँदै आएको छ । यस्तै कवितायात्रा, साहित्यिकबनभोज, आत्मवाचनकार्यक्रम, सम्मान, अभिनन्दन लगायतका कार्यक्रमहरूसहित मैनालीकथा पुरस्कार, व्यथितकाव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिकपत्रकारिता पुरस्कारलगायतका पुरस्कार र सम्मानप्रदानगर्दै आएको ुसो अवसरमा जानकारी गराइयो ।