उज्यालो नेपालका मोरङ क्षेत्र नम्बर ६ उम्मेदवार एमाले प्रवेश

मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका युवा उम्मेदवार बसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार बुढीगंगा गाउँपालिकाको गोकुवामा आयोजित कार्यक्रममा औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै उनी नेकपा एमाले प्रवेश गरेका हुन् । 

उम्मेदवारी निष्क्रिय पार्ने निर्णयबारे बोल्दै बुढाथोकीले अब उम्मेदवारका रूपमा सक्रिय नरहने स्पष्ट पार्दै आफूलाई विश्वास र समर्थन गर्ने सम्पूर्ण मतदातालाई एमाले उम्मेदवार ढकाललाई सहयोग गर्न आग्रह गरे ।

‘यो क्षेत्रको दीर्घकालीन विकासका लागि एमालेको विकल्प देखिएन,’ उनले भने, ‘विगतमा एमालेले जित्दा क्षेत्रमा देखिने खालका काम भएका छन् । 

अन्य समयमा त्यो निरन्तरता कायम हुन सकेन, त्यसैले अब विकासको निरन्तरताका लागि विनोद ढकाललाई जिताउन आवश्यक छ ।’

सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत मतदातामाझ पुगिरहेका उनले युवाको प्रत्यक्ष सहभागिता, पारदर्शिता र प्रणालीगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *