मध्यपूर्व संकट बारे एनआरएनएले भन्यो उद्धारका लागि सरकारले तयारी गर्नु पर्छ

मध्यपूर्व क्षेत्रमा शक्तिशाली राष्ट्रहरूबीच विकसित युद्धजन्य अवस्थाका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ । यही सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्र मन्त्री वालानन्द शर्मालाई निर्णयबारे जानकारी गराउँदै नेपालीहरूको सुरक्षा, हटलाइन र उद्धारको तयारीको लागि आग्रह गरेका हुन् ।

पत्रमा संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, ओमान, कुवेत, बहराइन लगायतका मुलुकमा करिब २० लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको उल्लेख छ । ती मुलुकहरूमा बढ्दो सैन्य गतिविधि र आक्रमणका घटनाले नेपाली समुदायमा त्रास र असुरक्षाको भावना बढेको संघले जनाएको छ ।

अबुधावी विमानस्थलमा भएको आक्रमणमा परी एक  नेपाली नागरिकको मृत्यु भएको दुःखद समाचार प्राप्त भएको उल्लेख गर्दै संघले गहिरो दुःख व्यक्त गरेको छ । उक्त घटनापछि त्यहाँ रहेका नेपालीहरूमा थप भय र अन्योल उत्पन्न भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *