कुमोद अधिकारी
१६ भदौ ,
विराटनगर । मोरङको धनपालथान गाउपालिकाको स्वास्थ्य साखा अन्तर्गत आर्थिकवर्ष– ०८१ –०८२ मा संचालित स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ
धनकुटा जिल्लाको सागुरीगडी गाउपालिका–६ भेडेटार थूम्कीमा आयोजना गरिएको दुई दिने गोष्ठीमा गाउपालिकाको स्वास्थ्य सस्थ्याहरुले गत आर्थिकवर्षमा गरेका स्वस्थ्य सम्वन्धि कार्यक्रमको समिक्षा एंव आगामी कार्ययोजनाका विषयमा कार्ययोजना एंव तथ्याङ प्रस्तुत गरिएको थियो ।
पालिकाकाले संचालन गरिरहेको स्वास्थ्य सम्वन्धि कार्यक्रमलाई थप प्रभावकारी वनाउने विषयमा सो कार्यक्रममा विषयगत रुपमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका अध्यक्ष एंव धनपालथान गाउपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको राम्रा र उदारणिय कामले यो पालिकालाई नेपालमै चिनाउन सफल भएकोमा स्वास्थ्यक्षेत्रका कार्यरत कर्मचारीलाई धन्यवाद दिनुहुर्दै आगामी दिनमा पनि यसरीनै नागरिकहरुलाई सेवाप्रभा गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
स्थायिन सरकार प्रति आम नागरिकको ठुलो भरोसा र विश्वास रहेकाले पालिकाका वसोवासगर्ने प्रत्येक नागरिकको घरघरमा पुगेर सेवाप्रभा गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

सागुरीगडी गाउपालिकाको अध्यक्ष जितेन्द्र रुम्जाली राईले, धनपालथान गाउपाकिलाले स्वस्थ्य क्षेत्रमा गरेको कामको सरहाना गर्नुहुदै आगाम िदिनमा आफनो पालिकाले पनि त्यसलाई आत्मसात गर्दै जाने वताउनुभयो ।
स्वास्थ्य कायालय मोरङका प्रमुख सागर प्रसाईले धनपालथान गाउपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको राम्रा कामका कारण सो पालिका पटक पटक मोरङ जिल्लामै उत्कृृष्ट स्थान हाशिल गर्दै आएकाले धनपालथान गाउपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कामलाई अरुपालिकाले पनि निरन्तरता दिनुपर्ने वताउनुभयो ।
धनपालथान गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाले, सिमित साधन श्रोतका वावुजुद पनि स्वास्थ्य क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा पालिकाले उल्लेखयिन काम गर्दै आएको वताउनु भयो ।

गाउपालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले पालिकामा संचालित स्वास्थ्य कार्यक्रमहरु प्रभावकारी र उपयोगी भएका कारण गाउपाकिाका हरेक समुदायको स्वास्थ्य सेवामा सहज पहुच पुगेको वताउनुभयो । कार्यक्रममा स्वास्थ्य साखा सह–सयोजक निरा चौधरीले पालिकामा संचालित स्वास्थ्य कार्यक्रमहरुको तथ्याङ प्रस्तुत गर्नु भएको थियो ।
ययैगरि कार्याक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरुल गतवर्ष स्वास्थ्य क्षेत्रमा पालिकाले गरेका कामको विषयमा तथ्याङ प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा पालिकाका वर्डा अध्यक्षहरुले स्वास्थ्य क्षेत्रमा भएको प्रगतीमा खुशी व्यक्त गर्नु भएको थियो ।
स्वास्थ्य क्षेत्रमा गरिएको कार्य सम्पादन एंव मुल्याकनको आधारमा सेवाप्रभामा सो पालिकाले मोरङ जिल्लामै विगत दुईवर्ष देखि निरन्तर प्रथम स्थान हाशिलगर्दै आएको स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले जानकारी दिनुभयो ।
