कोशी प्रदेश आम सञ्चार विधेयकको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडी पत्रकारको धर्ना

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार समबन्धी व्यवस्था गर्न बनेको विधेयकका कतिपय प्रावधान सच्याउन माग गर्दै बिहीबार कोशी प्रदेशका पत्रकारहरुले धर्ना दिएका छन् ।

संचार विधेयकमा राखिएका स्वतन्त्र पत्रकार विरुद्धका प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरुले धर्ना दिएका हुन । नेपाल पत्रकार महासंघ कोशीको अगुवाईमा मुख्मयन्त्री कार्यालय अगाडीबाट प्रदर्शन भएको थियो । त्यसपछि रोडशेष चोकमा पत्रकारहरुले धर्ना दिएका थिए ।

नेपाल पत्रकार महासंघ, कोसी अध्यक्ष भरत खड्काले विधेयक प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताउँदै यसलाई सच्याएर मात्रै संसदबाट पारित गर्न माग गर्नुभएको थियो । उहाँले यसअघि नै विधेयक संशोधनका लागि सुझाव दिइएको तर सरकारले ती सुझाव उपेक्षा गर्दै विधेयक अगाडि सारेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघले संचार विधेयकको विरोधमा चरणबद्ध आन्दोलन अघि बढाइरहेको छ। बुधबार प्रदेशसभा सदस्यहरूलाई विधेयक संशोधनको मागसहित एसएमएस पठाइएको थियो। कोसी प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले दफावार छलफलपछि पत्रकारमाथि फौजदारी कारबाही हुने प्रावधानसहितको प्रतिवेदन पारित गरी सभामा पेस गरेपछि पत्रकारहरू आन्दोलित भएका हुन्।
विधेयकको दफा ८ ख० मा अध्यक्षको योग्यतामा स्नातक तह उत्तीर्ण गरी १५ वर्षको कार्यअनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । पत्रकार सम्बद्ध संस्थाहरुले त्यसलाई स्नातकोत्तर तह र २० वर्षे अनुभव राख्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै प्रतिष्ठानको रजिष्ट्रार बन्न ३५ वर्ष, सदस्य बन्न ४० वर्ष र अध्यक्ष बन्न ४५ वर्ष उमेर चाहिने प्रावधान राखिएको छ । कार्यकारी रजिष्ट्रारको योग्यता ३५ वर्षमा पुग्ने भएपछि सेरेमोनियल अध्यक्ष र सदस्यको उमेर ४५ र ४० वर्ष पुग्नुपर्ने प्रावधान पनि त्रुटिपूर्ण रहेको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *