विराटनगरका निजी विद्यालय संचालक आन्दोलीत

विराटनगर,भाद्र ९, संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका बिरुद्ध भन्दै आज विराटनगरमा प्रदेशस्तरीय प्रदर्शन कार्यक्रम सञ्चालन गरीएको ।

प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले हातमा कालो पट्टी बाँधेर विरोध कार्यक्रमम सहधागी भएका थिए । कार्यक्रमको क्रममा उल्टो साइकल चलाएर पनि सांकेतिक विरोध प्रदर्शन गरिएको थियो।

प्रदर्शनकर्ताहरुले सरकारले ल्याउन लागेको नीति शिक्षा क्षेत्रका लागि हानिकारक हुने बताएका छन् र निजी विद्यालयको स्वतन्त्रता तथा विद्यार्थीको शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरेका छन्। कार्यक्रम स्थलमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । सरकारले हालै ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरु विरोधमा छन । चरणबद्ध विरोधका कार्यक्रम अन्र्तगत प्रदेशस्तरीय प्रदर्शन गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *