आदिवासी समुदायका धर्मसंस्कृति संरक्षणमा सरकार सम्वेदनशील छ– मन्त्री राई

कुमोद अधिकारी
१९ साउन,
विराटनगर । ःतराई तथा पहाडका आदिवासी जनजातिका समुदायको थान संस्कृति संरक्षणमा राज्यले भूमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिनु भएको छ ।
उहाहरुले परिवार, समुदाय, समाजको सुख दुःख, शान्ति , रक्षाको कामना गर्दै घर वाहिर रहेको पूजा गर्ने स्थानमा जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक रहने हुनाले सरकारले नीति वनाएर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेश सम्वाद समूहद्वारा आज विराटनगरमा आयोजित ग्रामथान संस्कृति संरक्षण सम्बन्धी नीति सम्वाद कार्यक्रममा सहभागीहरुले थान संरक्षणका लागि विद्यालयहरुवाट सचेतना अभियान चलाउनुका साथै पाठक्रममा व्यवस्था गर्नुपर्ने सुझाव दिनु भएका छन् ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेश सरकार आदिवासी समुदायको धर्म ,संस्कृतिको संरक्षणमा सम्वेदनशील हुनुका साथै चालु वर्षको नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो।
उहाँले विभिन्न समुदायको धर्म,भाषा,संस्कृति, लिपि ,खाद्य परिकार प्रदेशको अमुल्य सम्पत्ति भएकाले यसको संरक्षण गर्ने कार्यमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
उहाँले आदिवासीको भाषा संरक्षण सरक्षण गर्ने कार्य वमोजिम प्रदेश सभाको चालु अधिवेशनमा प्रदेशको कामकाजको रुपमा प्रयोग गर्न लिम्वु र मैथली भाषाको विधेयक पेश गर्ने बताउनुभयो ।
सम्वाद कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्वि गर्ने विभिन्न राजनीतिक दलका सचेतकहरु, प्रदेश सभा सदस्यहरु, प्रदेशका पूर्व मन्त्री, पहाड तथा तराईका विभिन्न आदिवासी समुदाय संघसंस्थाका सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रममा समुहका सुमन सुस्केरा र सुमन पुरीले प्रदेशका १४ जिल्लाका एकहजार जनासँग सम्पर्क गरी थान संस्कृति संरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *